२०८३ बैशाख ६ गते , आईतबार

यातायात व्यवस्था कार्यालय बिर्तामोडले उठायो ९१ करोड ८६ लाख राजश्व

एकै बर्ष दर्ता भए ७२९६ वटा सवारी साधन

sajilo news
परिवेश मिडिया
२०८० श्रावण ११ गते , विहीबार
यातायात व्यवस्था कार्यालय बिर्तामोडले उठायो ९१ करोड ८६ लाख राजश्व

बिर्तामोड । यातायात व्यवस्था कार्यालय बिर्तामोडले गत आर्थिक बर्षमा ९१ करोड ८६ लाख  ५६ हजार एक सय पचपन्न रुपैँया राजश्व संकलन गरेको छ ।

कार्यालयले ८८ करोड ६ लाख ८७ हजार २४७ रुपैँया राजश्व र ३ करोड ७९ लाख ६८ हजार ९०८ रुपैँया आयकर तथा सडक सुधार दस्तुर संकलन गरेको हो ।

कार्यालयका निमित्त प्रमुख पदम कट्टेलका अनुसार सबैभन्दा धेरै चैत्र महिनामा १३ करोड ५० लाख ७९ हजार ९११ रुपैँया र सबैभन्दा कम वैशाखमा ५ करोड ६६ लाख २३ हजार २८६ रुपैँया राजश्व संकलन भएको थियो ।

गत आर्थिक बर्षमा ७२९६ वटा सवारी साधन दर्ता भएको कार्यालयले जनाएको छ । सबैभन्दा धेरै असोजमा ८८५ र सबैभन्दा कम पुषमा १९० वटा सवारी साधन दर्ता भएको थियो । सबैभन्दा धेरै दुई चक्के सवारी साधन दर्ता भएका छन् । मोटरसाइकल, स्कुटर र इस्कुटर गरी ४ हजार ८७१ वटा दर्ता भएको कट्टेलले जानकारी दिए । दोस्रो धेरै दर्ता हुने सवारी साधनमा इरिक्सा रहेको छ । इरिक्सा १ हजार ४ सय एघारवटा दर्ता भएका छन् । क्रेन र व्याकहो लोडर एक एक वटा दर्ता भएका छन् भने दमकल दुई वटा दर्ता भएका छन् ।

सम्बन्धित समाचार