२०८३ बैशाख ६ गते , आईतबार

स्थानीय तहलाई स्वास्थ्य मन्त्रालयको पत्र – समायोजन भएका कर्मचारीलाई फिर्ता नपठाउनु

sajilo news
परिवेश मिडिया
२०८० श्रावण ९ गते , मंगलबार
स्थानीय तहलाई स्वास्थ्य मन्त्रालयको पत्र – समायोजन भएका कर्मचारीलाई फिर्ता नपठाउनु

बिर्तामोड । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यका कर्मचारीलाहरुलाई  साबिक बमोजिम हाजिर गराउने व्यवस्था मिलाउन आग्रह गरेको छ।

सबै स्थानीय तहलाई पत्र लेख्दै मन्त्रालयले समायोजन भएका कर्मचारीको व्यवस्थापन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको परिपत्र अनुसार गर्न अनुरोध गरेको छ ।

समायोजन भएका कर्मचारीहरूको व्यवस्थापन सम्बन्धी मूल परिपत्र समेतलाई ध्यानमा राखी प्रचलित कानूनी व्यवस्था बमोजिम समायोजन भएका कर्मचारीहरूलाई कानूनी व्यवस्था प्रतिकूल हुने गरी फिर्ता गर्ने कानूनी आधार नभएकोले निजहरूलाई साबिक बमोजिम हाजिर गराई व्यवस्थापन गर्नुहुन मन्त्रीस्तरको  निर्णयानुसार अनुरोध छ,’ मन्त्रालयले पठाएको पत्रमा भनिएको छ ।

स्वास्थ्य मन्त्रालयले साउन १ देखि स्थानीय तहहरूको दोहोरो सहमतिका आधारमा कामकाजमा खटाईएका कर्मचारीहरुमध्ये स्वीकृत दरबन्दी भन्दा बढी भएका स्वास्थ्यका कर्मचारीहरूलाई तत् तत् स्थानीय तहमा  काज फिर्ता गर्ने निर्णय गरेको थियो ।  यहि खालको परिपत्र सामान्यले २ साउनमा सबै स्थानीय तहलाई पठाइसकेको छ ।

सम्बन्धित समाचार