२०८३ बैशाख ६ गते , आईतबार

यौन र प्रजनन स्वास्थ्य अधिकारसम्बन्धि अन्तर्राष्ट्रियस्तरको कार्यक्रम हुने

sajilo news
परिवेश मिडिया
२०८० श्रावण ३ गते , बुधबार
यौन र प्रजनन स्वास्थ्य अधिकारसम्बन्धि अन्तर्राष्ट्रियस्तरको कार्यक्रम हुने

काठमाण्डौ । नेपालमा पहिलोपटक यौन र प्रजनन स्वास्थ्य अधिकार’  अन्तर्राष्ट्रियस्तरको कार्यक्रम आयोजना हुने भएको छ । नेपाल मेडिकल स्टुडेन्ट सोसाइटी (एनएमएसएस)को आयोजनामा ३० भदौदेखि ३ असोजसम्म धुलिखेलमा कार्यक्रमको आयोजना हुने भएको हो ।

५० देशको सहभागितासहित आइएफ एमएसए एशिया प्रशान्त यौन र प्रजनन स्वास्थ्य अधिकार (एसआरएचआर) समर स्कुल आयोजना हुने आयोजक नेपाल मेडिकल स्टुडेन्ट सोसाइटीका अध्यक्ष डा. नवीन गौतमले जानकारी दिए ।

सो समर स्कुलले ५० देशबाट आएका प्रतिनिधिलाई एसआरएचआर र त्यसका विभिन्न क्षेत्रजानकारी आदान प्रदान गर्ने डा. गौतमको भनाइ छ । समर स्कुलले प्रजनन स्वास्थ्य, लैंगिक समानता र मानवीय अधिकारको विविध पक्षसमेत प्रकाश पार्ने जनाइएको छ ।

कार्यक्रममा प्रतिनिधि व्याख्यान, कार्यशाला, र नेटवर्किङ कार्यक्रममा पनि सहभागी हुनेछन् । उनीहरूले स्थानीय स्वास्थ्य संस्थाको भ्रमण तथा नेपालमा एसआरएचआरको चुनौती र सम्भावना’  समेत जान्ने अवसर पाउनेछन् । यो समर स्कुलले चिकित्सा छात्रलाई एसआरएचआरसिकाउने र विश्वभरका छात्रछात्रासँग नेटवर्किङ गर्ने अवसर प्राप्त गर्नेछन् । यसले नेपालमा एसआरएचआरको प्रगतिका लागि निकै मद्दत पुग्ने विश्वास गरिएको डा. गौतमले बताए ।

कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न गर्न आवश्यक तयारी सुरु गरिएको कार्यक्रम संयोजक डा. ऋचाश्री ढुंगानाले जानकारी दिइन् ।

सम्बन्धित समाचार