२०८३ बैशाख ६ गते , आईतबार
एक बर्षदेखि फरार बिर्तामोडका आलम पक्राउ
बिर्तामोड । बिर्तामोड ६ का सफिक आलमलाई प्रहरीले पक्राउ गरेको छ । आलम एक बर्षदेखि फरार रहँदै आएका थिए ।
जिल्ला अदालत झापाले गत बर्षको असार २७ गते चोरी मुद्दामा आलमलाई ६ महिना कैद, ५ हजार जरिवाना र २ सय रुपैँया पिडित राहतकोषमा जम्मा गर्नुपर्ने फैसला गरेको थियो ।
आलमलाई मंगलबार पक्राउ गरी कैद भुक्तानका लागि कारागार कार्यालय चन्द्रगढी पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।