इक्यान केन्द्रिय सदस्यमा झापाका जमरकट्टेलको उम्मेदवारी
बिर्तामोड । नेपाल शैक्षिक पराममर्श संघ (इक्यान) झापाबाट केन्द्रिय सदस्यमा निर्वतमान अध्यक्ष सन्तकुमार (सुमन) शर्मा जमरकट्टेलले उम्मेदवारी घोषणा गरेका छन् ।
इक्यान झापाले आइतबार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी जमरकट्टेललाई केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गरेको हो ।
झापा शाखाबाट सर्वसम्मत रुपमा जमरकट्टेललाई केन्द्रिय सदस्यमा उम्मेदवार निर्णय गरिएको हो । कट्टेललाई कोशी प्रदेश अन्र्तगत पूर्वाञ्चल इक्यानको पनि सर्मथन रहेको छ ।
आफ्नो उम्मेवारी घोषणा गर्दै उनले इक्यानको केन्द्रिय नेतृत्वमा पुगेपछि विदेशी विद्यार्थीलाई नेपालमा नै अध्ययन गर्ने वातावरण सिर्जना गर्न पहल गर्ने प्रतिबद्धता जनाए ।
उनले आफु कोशी प्रदेशबाट साझा उम्मेदवार बनेकाले आगामी असार ३० गते काठमाण्डौंमा हुने इक्यानको ९औं महाधिवेशन तथा १७औं वार्षिक साधारणा सभाबाट सर्वसम्मत रुपमा निर्वाचित हुने विश्वास ब्यक्त गरे ।
इक्यान झापाका उपाध्यक्ष तथाा बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सञ्चालन सचिव राज कार्कीले गरेका थिए । झापामा इक्यानका १८ जना मतदाता रहेका छन् भने देशभर चार सय ६७ जनाले मतदान गर्न पाउने बताइएको छ ।
सर्वसम्मत रुपमा जमरकट्टेललाई निर्वाचित गर्नका लागि केन्द्रसहित देशभर रहेका शाखाहरुसंँग छलफल र परामर्श गरिरहेको बताइएको छ । इक्यान झापााले राजनीतिक भागबण्डा नगर्ने र सबैलाई सर्वसम्मत रुपमा अगाडी बढाउने उद्धेश्य अनुरुप निर्वतमान अध्यक्ष जमरकट्टेललाई साझा उम्मेदारका रुपमा अघि बढाएको हो ।