२०८३ बैशाख ५ गते , शनिबार

सुरक्षा व्यवस्था मिलाइदिन वित्तीय क्षेत्रको सरकारसँग माग

sajilo news
परिवेश मिडिया
२०८० असार १२ गते , मंगलबार
सुरक्षा व्यवस्था मिलाइदिन वित्तीय क्षेत्रको सरकारसँग माग

बिर्तामोड । झापाको विर्तामोड र सुनसरीको इटहरीमा अराजक समूहले सोमबार बैंकिङ कारोबार अवरुद्ध गरेपछि बैंक तथा वित्तीय संघसंस्थाका छाता संगठनहरुले सुरक्षा माग गरेका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले एक विज्ञप्ति जारी गर्दै सुरक्षा व्यवस्था मिलाउन सरकारसँग माग गरेका हुन् ।

आइतबार नेत्र विक्रम चन्द विप्लवका कार्यकर्ताहरुले बढी व्याज असुल गरेको, महिला दिदीबहिनीहरुलाई आत्महत्या गर्न बाध्य बनाएको, व्याज असुल गर्न गुण्डा प्रयोग गरेको भन्दै झापाको दमकमा रहेको जीवन विकास लघुवित्त वित्तीय संस्थाको बोर्ड जलाउनुका साथै कार्यालयमा तालाबन्दी गरेका थिए ।

दुई जिल्लाका केही शाखामा केही व्यक्तिहरुले शाखा संचालनमा अवरोध गरेको, कर्मचारीहरुलाई धम्क्याएको र ग्राहकलाई अत्यावश्यक बैंकिङ सेवा लिनबाट वञ्चित गरेकोमा हामी घोर निन्दा गर्दछौंचारै संघले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । यस विषयमा सुरक्षा निकायले यथशीघ्र आवश्यक कदम लिई शाखा संचालन गर्न तथा कर्मचारी र ग्राहकको सुरक्षाका लागि संघहरुले माग गरेका छन् ।

यसअघि लिइसकेको ऋण नतिर्ने वहानामा अराजक गतिविधि भएको संघहरुको ठम्याइ छ । ऋण लिएपछि तिर्नुपर्छ भन्ने सामान्य सिद्धान्त हामी सबैले बुझ्नुपर्ने र ऋण नतिर्ने बहानामा यस प्रकारका अराजक गतिविधि गर्नेलाई तुरुन्तै कारबाहीको दायरामा ल्याई शान्तिरसुरक्षा कायम गरी अत्यावश्यक सेवा बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुको संचालन र कर्मचारीहरुलाई आवश्यक सुरक्षा प्रदान गरिदिन सरोकारवाला सबै निकायसँग अनुरोध गर्दछौं ।आगामी दिनमा यस प्रकारका कुनै पनि गतिविधि भएको खण्डमा यसका विरुद्ध सशक्त रुपमा प्रस्तुत हुने संघहरुले चेतावनी दिएका छन् ।  

सम्बन्धित समाचार