२०८३ बैशाख ६ गते , आईतबार

विपी प्रतिष्ठानलाई पूर्ण विश्वविद्यालय बनाइनु पर्ने माग

sajilo news
परिवेश मिडिया
२०८० असार ८ गते , शुक्रबार
विपी प्रतिष्ठानलाई पूर्ण विश्वविद्यालय बनाइनु पर्ने माग

बिर्तामोड । चिकित्सा विश्वविद्यालय वनाउने उद्धेश्यले स्थापना भएको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलार्ई पुर्ण विश्वविद्यालय बनाउनु पर्ने सरोकारवाहरुले माग गरेका छन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ संघर्ष समितिले काठमाडौमा आयोजना गरेको अन्तरक्रियामा  सरोकारवाला तथा प्रतिष्ठानका पुर्व उपकुलपतिहरुले सो माग गरेका हुन् ।

नेपाल सरकारले सबै स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई एक ठाँउमा राख्ने गरि ल्याउन लागेको नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नराखी  छुट्टै विश्वविद्यालय बनाउनु पर्नेमा उनीहरुले जोड दिएका हुन ।

प्रतिष्ठानको स्थापनानै चिकित्सा विश्वविद्यालय बनाउने उद्धेश्यले भएकोले यसलाई छाता ऐन भित्र राख्न नहुने प्रतिष्ठानका पुर्वउपकुलपति तथा कांग्रेस नेता डा. शेखर कोइरालाले बताए ।  प्रतिष्ठानको सुरुवात गर्दा नै यसलाई विश्वविद्यालय बनाउने उद्धेश्य  थियो,’ डा. कोइरलाले भने,  ‘प्रतिष्ठान  भारतको एम्स को मोडलमा स्थापना भएको हो, यो अन्य प्रतिष्ठान भन्दा फरक विशिष्ट प्रतिष्ठान भएकाले यसलाई छाता ऐनमा नराखी पुर्ण विश्वविद्यालय बनाउनु पर्छ ।

धरान या कोशी प्रदेशको लागि  मात्र नभई देशकै लागि प्रतिष्ठानलाई चिकित्सा विश्वविद्यालय बनाउन आवश्यक  रहेको बताउँदै कोइरालाले भने– ‘छाता  ऐनमा   बिपी प्रतिष्ठानमा लैजाँदा देशलाई नै घाटा हुन्छयसको विशिष्ट पहिचान छ, यो अन्य प्रतिष्ठानभन्दा विल्कुलै फरक छ ।

चिकित्सा शिक्षा आयोेगको दम्भ र घमण्डको कारण अहिले प्रतिष्ठान माथि आक्रमण भएको बताँउदै कोइरालाले भने– ‘चिकित्सा शिक्षा आयोेग  आफुलाई सुपेरियर हिरो ठान्छ, त्यसको कारण यो प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन समस्या भएको हो ।प्रतिष्ठानको स्थापना गर्दा पनि   संसदहरुलाई बुझाउन निकै कठिन भएको बताउँदै उनले त्यो बेलापनि तत्काल प्रतिनिधीसभामा रहेका संसदहरु प्रतिष्ठानलाई मेडिकल कलेजको रुपमा मात्र बनाउने पक्षमा रहँदा रहदै पनि तत्कालिन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाले एम्सको मोडलमा नै यो संस्था बनाउनु पर्ने बताएपछि मात्र प्रतिष्ठान बनेको बताए ।  उनले स्थापनाको प्रसंग कोट्याउँदै अहिलेपनि यसलाई विश्वविद्यालय बनाउन संसदीय समिति र  सांसदहरुलाई यसको महत्व र प्रतिष्ठानको बारेमा बुझाउन सुझाए । उनले आफु  प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन लागिपर्ने प्रतिबद्धता व्यक्त गरे । 

अध्ययन अनुसन्धान, सेवासमेत अन्तराष्ट्रिय स्तरमा ख्याति कमाइसकेको अवस्थामा विश्वविद्यालय बनाउनु पर्नेमा तल झारेर  छाता ऐनमा लानु गलत भएको पुर्व उपकुलपति प्रा.डा. लोकविक्रम थापाको भनाई थियो   ।  उनले  नेपालमा भएका अन्य विश्वविद्यालय भन्दा फरक विशिष्ट खालको मेडिकल विश्वविद्यालय बनाउने उद्धेश्यले  प्रतिष्ठानको स्थापना गरिएको बताउँदै थापाले भने –‘चिकित्सा शिक्षाका उच्च तह सम्मको अध्ययन हँुदै आएको प्रतिष्ठानले  नेपालमा कुनै पनि स्वास्थ्य समस्या समाधान गर्न  सामथ्र्य राख्छ ।’ 

प्रतिष्ठानका संस्थापक पूर्व निर्देशक   मदन उपाध्यायले प्रतिष्ठानलाई मेडिकल विश्वविद्यालयको रुपमा विकास गर्ने योजना अनुरुप नै प्रतिष्ठानमा निर्देशक हटाएर उपकुलपतिको नेतृत्वमा सञ्चालन सुरु गरेको वताए ।  उनले सरकारले  ल्याउन लागेको छाता ऐनमा प्रतिष्ठानमा राख्न लागेको सुन्दा आफु अचम्मित भएको र दुख समेत लागेको वताए  ।  

काठमाण्डौमा रहेका वरिष्ठ चिकित्सकहरुलाई धरान टाढा भएकोले उनीहरुले  उपत्यकका वाहिर भएको विश्वविद्यालय सरहको प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन बाधा पुर्याइरहेको पूर्व मन्त्री मिन विश्वकर्माले आरोप लगाए । प्रतिष्ठानसँग   विश्वविद्यालय बन्न सबै  थोक भएकोले प्रक्रिया पुर्याएर  रचानात्मक दवाव दिँदै सबै क्षेत्रवाट एक भएर अगाडी बढ्न आह्वानसमेत गरे ।

धरानको भाग्य र भविष्यसँग जोडिएको प्रतिष्ठानलाई कुनै पनि हालतमा छाता ऐनमा लान नदिने बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ संघर्ष समिति धरानका संयोजक मुक्सामहाङ मेन्याङ्वोले बताए । 

 

सम्बन्धित समाचार