२०८३ बैशाख ६ गते , आईतबार

छात्रवृत्ति विवरण नबुझाउने संस्थागत विद्यालयलाई एक लाख जरिवाना

sajilo news
परिवेश मिडिया
२०८० असार ६ गते , बुधबार
छात्रवृत्ति विवरण नबुझाउने संस्थागत विद्यालयलाई एक लाख जरिवाना

काठमाण्डौ । छात्रवृत्ति विवरण नबुझाउने ३९ वटा संस्थागत विद्यालयलाई काठमाण्डौ महानगरपालिकाले १ लाख रुपैयाँका दरले जरिवाना तोकेको छ ।

काठमाण्डौ महानगर क्षेत्रभित्र भएका ५ सय ४ निजी विद्यालयमध्ये ४ सय ६५  वटाले छात्रवृत्ति विवरण बुझाएको र बाँकी ३९ वटाले नबुझाएको महानगरले जनाएको छ । उनीहरुबाट महानगरले एक लाख रुपैयाँका दरले जरिवाना लिने मेयर बालेन्द्र शाहले बताए ।

जरिवाना तिराएर थप एक पटक विवरण बुझाउने मौका दिइने र त्यसपश्चात् पनि विवरण नबुझाएमा विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिने उनले बताए ।  महानगरको इतिहासमा यो पहिलो पटक हो ।  त्यसबाट लक्षित वर्गका १३ हजार जनाभन्दा बढी विद्यार्थीहरूले विभिन्न किसिमका छात्रवृत्ति प्राप्त गरेका छन् ।

सम्बन्धित समाचार