२०८३ बैशाख ६ गते , आईतबार

बिर्तामोड नगर अस्पतालमा नर्मल डेलिभरी र बालरोग सेवा पाइने

sajilo news
परिवेश मिडिया
२०८० असार ३ गते , आईतबार
बिर्तामोड नगर अस्पतालमा नर्मल डेलिभरी र बालरोग सेवा पाइने

बिर्तामोड । बिर्तामोड नगरअस्पतालले सेवा विस्तार गरेको छ । अस्पतालले बालरोग विशेषज्ञ सेवा दिन शुरु गरेको छ । असार १ गतेदेखि अस्पतालले बालरोग विशेषज्ञ सेवा सुरु गरेको हो ।

आइतबारदेखि शुक्रबारसम्म हरेक दिन बिहान १० देखि १२ बजेसम्म दुई घण्टा बालरोग विशेषज्ञको सेवा दिइने अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा.सुनिल अधिकारीले जानकारी दिए । डा. रविन रेग्मीले बाल रोगसम्बन्धि उपचार गर्ने मेसु अधिकारीले बताए ।

नगर अस्पतालमा २४सै घण्टा निशुल्क नर्मल डेलिभरी (प्रसूती) सेवासमेत शुरु हुने भएको छ । असार ३ गते आइतबारदेखि डेलिभरी सेवा शुरु गर्न लागेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजिव विष्टले जानकारी दिए । उनले केहि समयपछि स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा पनि शुरु गरिने बताए ।

अस्पतालमा डाइलाइसिस सेवा र २४ सै घण्टा इमरजेन्सी सेवाको तयारी समेत अन्तिम चरणमा पुगेको जनाइएको छ । अस्पतालमा सहुलियत दरमा एक्सरे, भिडियो एक्सरे, इसीजी, गर्भवती जाँच, परिवार नियोजन, अत्याधुनिक प्रविधिसहितको प्रयोगशाला ल्याव, वच्चाहरुको नियमित खोप लगायतका सेवा उपलब्ध छन् । अस्पतालले चाँडै रेबिजको भ्याक्सिन र थाइराइड जाँच शुरु गर्ने जनाएको छ ।  

सम्बन्धित समाचार