२०८३ बैशाख ६ गते , आईतबार

राष्ट्रपति पौडेल पुन: अस्पताल भर्ना

sajilo news
परिवेश मिडिया
२०८० असार २ गते , शनिबार
राष्ट्रपति पौडेल पुन: अस्पताल भर्ना

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि  राष्ट्रपति पौडेललाई गएराति महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको थियो ।  
पौडेलका स्वकिय सचिव चिरञ्जिबी अधिकारीका अनुसार राष्ट्रपति पौडेललाई शिक्षण अस्पताल परिसरकै मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा राखिएको छ । चिकित्सकको निगरानीमा रहेका पौडेलको अवस्था खतरामुक्त रहेको उनले जानकारी दिएका छन् ।
गत मंगलबार मुटुमा समस्या देखिएपछि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका पौडेल गत बुधबार मात्र डिस्चार्ज भएका थिए । 

सम्बन्धित समाचार