२०८३ बैशाख ५ गते , शनिबार

नेपाल लाईफमा फेरि किचलो

sajilo news
परिवेश मिडिया
२०८० असार १ गते , शुक्रबार
नेपाल लाईफमा फेरि किचलो

काठमाण्डौ । अग्रणी जीवन बीमा कम्पनी नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको व्यवस्थापनमा फेरि किचलो शुरु भएको छ । पछिल्लो समय कम्पनीको लेखा तथा वित्त विभागमा दुई जनालाई जिम्मेवारी दिइएपछि किचलो शुरु भएको हो ।

कम्पनीले यस अघिका प्रमुख जोया खानको विभाग प्रमुखको जिम्मेवारी खोसेको छ । कम्पनीले लेखा तथा वित्त विभागमा खानसँगै प्रेमप्रसाद रेग्मीलाई समानान्तर जिम्मेवारी दिएसँगै विभाग प्रमुखको जिम्मेवारी खोसेको हो ।

कम्पनीको आधिकारिक वेबसाइटमा उल्लेखित विवरण अनुसार लेखा तथा वित्त विभागमा प्रेमप्रसाद रेग्मी र जोया खान दुई जना रहेका छन् । यसअघि रेग्मी प्रमुख वित्त अधिकृतको जिम्मेवारीमा मात्र रहेकोमा अब उनी लेखा तथा वित्त विभागको जिम्मेवारीमा रहेका छन् । वेबसाइटमा अन्य सबै विभागका प्रमुखहरुको परिचयमा विभाग प्रमुखको रुपमा परिचय उल्लेख गरिएको छ भने लेखा तथा वित्त विभागका खान र रेग्मीको व्यक्तिगत परिचयमा विभाग प्रमुख भन्ने उल्लेख छैन ।

सम्बन्धित समाचार