२०८३ बैशाख ६ गते , आईतबार

नगर अस्पताललाई सुविधासम्पन्न बनाउने बिर्तामोडको तयारी

sajilo news
परिवेश मिडिया
२०८० जेष्ठ २६ गते , शुक्रबार
नगर अस्पताललाई सुविधासम्पन्न बनाउने बिर्तामोडको तयारी

बिर्तामोड । नगर अस्पतालाई सुविधा सम्पन्न बनाउन बिर्तामोड नगरपालिकाले तयारी थालेको छ । सुविधासम्पन्न भवन निर्माणका लागि पालिकाले बिहीबार शिलन्यास गरेको छ । पालिकाले हालको नगर अस्पतालकै छेउमा तीन तले अस्पताल भवन निर्माण गर्न लागेको हो ।

भवन निर्माणको जिम्मा विभाष इन्टरनेश्नल कन्ष्ट्रक्सन एण्ड सप्लायर्स प्रालि काठमाण्डौले पाएको छ । विभाषले १५ करोड ३४ हजार ३ सय ३६ रुपैँयामा ठेक्का पारेको हो । गत बैशाख ८ गते नै सम्झौता गरेर प्रक्रिया अघि बढाएको ठेकेदार कम्पनीले २०८१ फागुन २६ गते काम सम्पन्न गर्नु पर्ने छ । भवन निर्माण सम्पन्न भएपछि बिर्तामोड नगर अस्पताल १५ शैयाबाट २५ शैयाको हुने छ ।

भवनमा निर्माणसँगै नगरअस्पतालको कम्पाउण्ड भित्र वेस्ट म्यानेजमेण्ट विल्डिङ, पोष्टमार्टम व्लक, क्यान्टिन ब्लक, एटीएम हाउस, गार्ड हाउस र फार्मेसी व्लक र वरीपरी घेराबारा र भुइमा पेवर्स लगाइने छ ।

नयाँ अत्याधुनिक भवन भित्र आकस्मिक कक्ष, उपचार कक्ष, प्रतिक्षालय, सोधपुछ कक्ष, मेडिकल उपकरण भण्डारण कक्ष, घरेलु यौन तथा हिंसाबाट पीडितहरु राखेर उपचार गरिने ओसीएमसी वार्ड, आर्थिक तथा प्रशासनिक कक्ष, क्याविन, डेलिभरी कक्ष, व्लड बैंक, मल्टिपर्पोज हल लगायतका सुविधा रहने नगरपालिकाका इन्जिनियर नरेन्द्र श्रेष्ठले जानकारी दिए ।

शिलान्यस कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले नगर अस्पतालबाट दिने सेवालाई स्तरोन्नती गर्नका लागि नयाँ भवनको शिलान्यास गरिएको बताइन । भवन समयमै सम्पन्न गरेर सरल, सहज र गुणस्तीय सेवा प्रदान गरिने उनले बताइन । पर्याप्त बजेटको अभावमा सोचेजति काम गर्न नसकेपनि आगामी दिनमा यसलाई अझै व्यवस्थित गर्दै लैजाने प्रसाईले प्रतिवद्वता जनाइन ।

हाल रहेको नगर अस्पतालमा एक जना एमडीजीपी, ३ जना एमवीवीएस डाक्टर सहितको सेवा उपलव्ध छ । यहाँबाट दैनिक २ सय भन्दा बढी बिरामीले सेवा लिइरहेको अस्पतालले जनाएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

सम्बन्धित समाचार