२०८३ बैशाख ६ गते , आईतबार

शिक्षा विकास तथा समन्वय इकाई झापामा तालाबन्दी

sajilo news
परिवेश मिडिया
२०८० जेष्ठ २२ गते , सोमबार
शिक्षा विकास तथा समन्वय इकाई झापामा तालाबन्दी

बिर्तामोड । सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुले सोमबार शिक्षा विकास तथा समन्वय इकाई झापामा धर्ना दिएका छन् ।

उनीहरुले सरकारले ल्याएको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको सेवासुविधा सम्बोधन नगरेको भन्दै कार्यालयमा धर्ना दिएका हुन् ।

उनीहरुले संघीय शिक्षा ऐन तत्काल जारी गर, तत्काल बजेट संशोधन गरी कर्मचारीको माग सम्बोधन गरलेखिएको नारा र प्ले कार्डसहित धर्ना दिएका छन् ।

नेपाल विद्यालय कर्मचारी परिषद्ले आर्थिक वर्ष २०८०/८१ बजेटमा विद्यालयका कर्मचारीलाई सम्बोधन नगरेपछि चरणबद्ध आन्दोलन घोषणा गरेको छ ।

जेठ २१ गतेबाट आन्दोलनमा होमिएको परिषदले सोही दिन देशभरका शिक्षा विकास तथा समन्वय इकाइहरुमा धर्ना दिएको छ ।

विद्यालयको तालाचावी बुझाएर शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना दिएको कर्मचारी परिषद्का मेचीनगर अध्यक्ष हरि कट्टेलले जानकारी दिए । उनका अनुसार झापामा ४९० जना विद्यालय कर्मचारी कार्यरत छन् ।

आन्दोलनको कार्यक्रम अन्तरगत जेठ २७ गतेदेखि असार १ गतेसम्म काठमाण्डौको भद्रकालीमा रिले अनशन बस्ने तालिका छ । असार २ गतेदेखि माग सम्बोधन नहुन्जेलसम्म सम्पूर्ण सामुदायिक विद्यालयहरु बन्द गरिने परिषदका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद प्रसाईंले जानकारी दिए ।

सम्बन्धित समाचार