२०८३ बैशाख ६ गते , आईतबार

विद्यालयमा विदा थप्दै झापाका पालिका

sajilo news
परिवेश मिडिया
२०८० जेष्ठ २० गते , शनिबार
विद्यालयमा विदा थप्दै झापाका पालिका

बिर्तामोड । झापाका पालिकाहरुले विद्यालयमा विदाको समय थप गर्न थालेका छन । अझै केहि दिन गर्मी घट्ने सम्भावना नभएपछि विदाको समय थप गरिएको हो ।
झापाको भद्रपुर नगरपालिकाले शुरुमा १८ र १९ गते दुई दिन विदा दिएको थियो तर  गर्मी यथावत रहेपछि पुन: २१,२२ र २३ गतेलाई विदा दिएको छ । यता मेचीनगर नगरपालिकाले पनि २१ र २२ गते दुई दिनलाई विदा थप गरेको छ । केहि दिन यता अत्यधिक गर्मी बढेकाले विद्यालय संचालन गर्न कठिनाई परेको र विद्यार्थीहरुको स्वास्थ्यमा असर पर्न थालेको भन्दै पालिकाले विदा थपेको हो । पालिकाले एक सुचना जारी गरी विदा थप गरेको जनाएको छ ।
पालिकाहरुले चालू शैक्षिकसत्रको बर्खे विदाबाट कट्टा हुने गरि विदा दिने जनाएका छन ।

सम्बन्धित समाचार