२०८३ बैशाख ५ गते , शनिबार

जानीराखौँ सर्पले टोकेमा के गर्नुहुन्छ के गर्नुहुँदैन ?

sajilo news
परिवेश मिडिया
२०८० जेष्ठ १९ गते , शुक्रबार
जानीराखौँ सर्पले टोकेमा के गर्नुहुन्छ के गर्नुहुँदैन ?

बर्षाको समयमा तराईमा सर्पदंशका घटना बढ्ने गरेको छ । विषालु सर्पको टोकाइबाट घाइते भएका कतिपय मानिसले समयमै उपचार नपाउँदा मृत्युसमेत हुने गरेको छ ।

तराईका २६ जिल्लालाई सर्पको उच्च जोखिम जिल्लाका रूपमा लिइन्छ। यी जिल्लामा विशेषगरी विष भएका करेट र गोमन (कोब्रा) सर्प पाइन्छन्। सर्पको टोकाइबाट बर्सेनि ६७ हजार नेपालीले ज्यान गुमाउने गरेको तथ्यांक छ। सर्प विशेष गरी वैशाखदेखि असोजसम्म जमिन बाहिर निस्कने गर्दछन्

करेट सर्पले सुतेको मान्छेलाई ओछ्यानमा गएर टोक्छ। सफासुग्घर ठाउँमा बस्न रुचाउने यो सर्प बेलुकीपख ओछ्यानमा गएर बस्छ र सुत्न गएको व्यक्तिलाई टोक्छ। तर, गोमन सर्प साँझ पर्ने वेला तथा बिहानीपखको समयमा बाहिर निस्किन्छ र मान्छेलाई टोक्छ। यो सर्प दिउँसो पानी खान निस्कने भएकाले मान्छेले जिस्क्याएमा टोक्ने गर्छ

सर्पले टोकेमा के गर्ने ?

सर्पले टोक्नेबित्तिकै शरीरको अन्य भागमा सर्न नदिन टोकेको ठाउँभन्दा अलिकति माथि काम्रोले बाँध्नुपर्छ

सर्पले टोकेको थाहा पाउने बित्तिकै जतिसक्दो चाँडो अस्पताल पुग्ने ।

के नगर्ने?

–  हिँडडुल गर्दा विष शरीरका अन्य भागमा छिटो सर्ने भएकाले हिँडडुल गर्ने, दौडने गर्नुहुँदैन

छिटो अस्पताल पुग्ने नाममा आफैँले मोटरसाइकल पनि चलाउनुहुँदैन। यदि सर्पले टोकेमा अरूलाई मोटरसाइकल चलाउन लगाउनुपर्छ

सर्पले टोकेको आशंका लागेमा पानी पिउनु र पिलाउनु हुँदैन। पानी पिउँदा पानीको सहायतामा विष शरीरका विभिन्न भागमा छिटो पुग्छ र रिकभर हुन समस्या आउने अत्यधिक खतरा रहन्छ

असर

विषालु सर्पले टोकेर विष छोडे मात्र मान्छेलाई विष लाग्छ। विष लागेमा कमजोरी महसुस हुने, मुख खोल्न नसक्ने, जिब्रो निकाल्न नसक्ने, पानी या अन्य खानेकुरा निल्न गाह्रो हुने, आँखा खोल्न नसक्नेजस्ता लक्षण देखिन्छ। यस्ता लक्षण देखिए सर्पले टोकेको अनुमान गरी जतिसक्दो चाँडो अस्पताल र्पुयाउनुपर्छ

करेट सर्पले टोकेमा विष ढिलो गरी लाग्छ र शरीरमा पनि ढिलो गरी फैलिन्छ। यो सर्पले टोक्दा मानिसलाई सपनाजस्तो लाग्न सक्छ र टोकेको महसुस नहुन पनि सक्छ। तर, गोमन सर्पको विष छिटो लाग्छ र शरीरमा पनि छिटो फैलिन्छ। करेट सर्पले टोकेको मानिसको विष ढिलो गरी निको हुन्छ। यसको विष निको हुन १२१६ घन्टा लाग्न सक्छ, तर गोमन सर्पको विष एक घन्टामा निको हुन सक्छ

जोगिन के गर्ने ?

रातको समयमा नहिँड्ने, हिँड्नैपरे उज्यालोको सहायतामा हिँडडुल गर्ने, सुत्नुअघि ओछ्यान राम्रोसँग टकटक्याउने, सुत्ने कोठा र घरका अन्य कोठा राम्रोसँग हेरेर मात्र सुत्ने गर्नुपर्छ

त्यसैगरी, ओछ्यानमा झुल लगाउनुपर्छ, भुइँमा कहिल्यै सुत्नुहुन्न। घरवरिपरि सफा राख्ने र झ्यालढोकामा जालीको व्यवस्था गर्नुपर्छ। सर्पले मुसा, कुखुरा र हाँस खाने भएकाले सुत्ने कोठानजिक मुसा आउन नदिने तथा कुखुरा र हाँस घरभन्दा टाढा पालन गर्दा सर्पको टोकाइबाट बच्न सकिन्छ

डा. कृष्णप्रसाद आचार्य वरिष्ठ एनेस्थेसियोलोजिस्ट तथा सर्पदंश विशेषज्ञ हुन ।

सम्बन्धित समाचार