पुराना र प्रयोग विहिन सवारी साधन लिलाम गरिने
बिर्तामोड । सरकारले आगामी बजेट मितव्ययी बनाएको छ । आव २०८०/०८१ को बजेटलाई मितव्ययी बनाउने विभिन्न योजना अघि सारेको छ ।
सोमबार संसदमा आगामी आर्थिक बर्षका लागि बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले अनिवार्य प्रतिनिधित्व गर्नुपर्ने बाहेकका वैदेशिक भ्रमणलाई निरुत्साहित गर्ने जानकारी दिए । बजेटमा सरकारी सवारी साधनको सञ्चालन र व्यवस्थापनमा हुने बढ्दो खर्च नियन्त्रण गनै सरकारी सवारी साधन सुविधा प्राप्त गर्ने पदाधिकारीलाई सवारी साधनको सट्टा तोकिएको मापदण्डको आधारमा एकमुष्ट रुपमा नगदै प्रदान गर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै सबै सरकारी सेवा, नियामक निकाय र सार्वजनिक संस्थानमा आगामी आवमा नयाँ संरचना र दरबन्दी सिर्जना नगर्ने साथै स्वीकृत दरबन्दी भन्दा बढी सेवा करार लिन नपाइने व्यवस्था बजेटमा गरिएको अर्थमन्त्री महतले जानकारी दिए ।
सरकारी निकायमा रहेका पुराना र प्रयोगविहीन सवारी साधन लगायतका सामानहरु छ महिनाभित्र लिलाम गर्नेसमेत बजेटमा उल्लेख छ ।