२०८३ बैशाख ५ गते , शनिबार

जब हटियामा डोजर चल्यो....

sajilo news
परिवेश मिडिया
२०८० जेष्ठ ८ गते , सोमबार
जब हटियामा डोजर चल्यो....

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर-५ स्थित देवि हटिया नगरपालिकाले खाली गराएको छ । घर टहरा खाली गर्न नगरपालिकाले पटक पटक सुचना जारी गरेपनि ब्यापारीले अटेर गरेपछि नगरपालिकाले सोमबार डोजर लगाएर खाली गराएको हो ।
नगरपालिकाले हटिया खाली गराउन पटक पटक सार्वजनिक सुचना जारी गरेको थियो । अन्तिमपटक शुक्रबार साँझ नगरपालिकाले माइकिङ गरेर २४ घण्टाभित्र घर टहरा हटाउन जानकारी गराएको थियो । सोमबार बाक्लो संख्यामा सशस्त्र, जनपथ र नगर प्रहरीको उपस्थितिमा हटियामा पालिकाले डोजर चलाएको छ । केहिबेर ब्यवसायी बिरोधमा उत्रिएपनि डोजर सामु उनीहरुको निरीह बने । आक्रोशित ब्यापारीले एउटा जेसीबीको सिसा फुटाइदिएका थिए । टहरामा डोजर चलाउन शुरु गरेपछि भने ब्यापारीले आफ्ना सामान निकाल्न शुरु गरेका थिए । आक्रोशित ब्यापारीले नगरपालिका बिरुद्ध नाराबाजीसमेत गरे ।
सो क्षेत्रमा रहेका करिब दुई सय व्यापारी मध्ये ७० ब्यापारीले मात्र अनुमती लिएर व्यापार गर्दै आएको पालिकाले जनाएको छ। टहरा हटाएर पालिकाले बहुतले कम्प्लेक्स बनाउने योजना बनाएको छ । नगर विकास कोषले लगानीको ९० प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएको छ । 

सम्बन्धित समाचार