२०८३ बैशाख ५ गते , शनिबार
डिजल र मट्टितेलको मुल्य १० रुपैयाँले घट्यो
बिर्तामोड । नेपाल आयल निगम लिमिटेडले मंगलबार रातिबाट लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १०–१० रुपैयाँका दरले घटाएको छ ।
निगम संचालक समितिको मंगलबार साँझ बसेको बैठकले डिजेल र मट्टितेलको मूल्य घटाउने र अन्य पेट्रोलियमको मूल्य यथावत राख्ने निर्णय गरेको हो । मूल्य घटेपछि काठमाण्डौमा डिजेल र मट्टितेलको खरिद मूल्य एक सय ५५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
इन्डियन आयल कर्पोरेसन लिमिटेडले मंगलबार दिउँसो आगामी १५ दिनको लागि पेट्रोलियम पदार्थको नयाँ खरिद दर पठाउँदा मूल्य घटाएर पठाएको थियो ।
नयाँ खरिदमा पेट्रोल ९.५१ रुपैयाँ र डिजेल ८.०८ रुपैयाँ घटेर आएको थियो । मूल्य घटेर आएपछि निगमले नेपाली बजारमा पनि समायोजन गरेको हो ।
निगमले आइओसीलाई तिर्नुपर्ने बक्यौता रकम अझै ६ अर्ब ४० करोड रुपैयाँ रहेको जनाएको छ