२०८३ बैशाख ६ गते , आईतबार

तस्करको नयाँ जुक्ति, प्याडमा लुकाएर लागू औषध तस्करी

sajilo news
परिवेश मिडिया
२०८० बैशाख २३ गते , शनिबार
तस्करको नयाँ जुक्ति, प्याडमा लुकाएर लागू औषध तस्करी

बिर्तामोड । तस्करले तस्करीका लागि नयाँ नयाँ जुक्ति निकाल्न थालेका छन् । प्रहरीलाई झुक्याएर तस्करी गर्न उनीहरुले यस्तो जुक्ति निकाल्ने गरेका हुन् । विहीबार साँझ झापाबाट काठमाण्डौ जान लागेका दुई युवतीले त्यस्तै जुक्ति निकालेका छन् । उनीहरुले सेनेटरी प्याडमा लुकाएर लागू औषध तस्करी गर्न लागेको पाइएको छ ।

भद्रपुर विमानस्थलबाट विहीबार साँझ ९ बजेर १० मिनेटमा बुद्ध एयरको जहाजबाट काठमाण्डौ जान लागेका मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ घर भई मेचीनगरमा विवाह गरेकी २१ बर्षीया सोनी श्रेष्ठ राजवंशीको साथबाट ठूलो परिमाणमा ब्राउन सुगर बरामद गरेसँगै तस्करीको नयाँ तरिका फेला परेको हो । हुन त यस अघि झापा प्रहरीले गुप्ताङ्ग भित्र लुकाएर तस्करी गर्न लागिएको लागू औषधसमेत बरामद गरेको थियो ।

प्रहरीले राजवंशीले प्रयोग गरेको भित्री बस्त्र भित्र २ वटा प्याडको बिचमा लुकाएर राखेको ७६ ग्राम ३४० मिलिग्राम ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । प्रहरीले उनीसँगै रहेकी दिदी २३ बर्षीया सन्ध्या श्रेष्ठलाई समेत पक्राउ गरेको जनाएको छ । उनीहरुको साथबाट रेडमी १० र ए४२ मोबाइल एक एक थान र नागरिकता एक एक थानसमेत बरामद गरेको प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापामा राखी अनुसन्धान गरिरहेको प्रवक्ता रिजालले जानकारी दिए ।

 

सम्बन्धित समाचार