२०८३ बैशाख ६ गते , आईतबार
लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
बिर्तामोड । लागूऔषध मुद्दामा फरार रहेका एक जना प्रतिवादी पक्राउ परेका छन । उर्लाबारी १ निवासी उत्तम भनिने रुद्र बिश्वकर्मा पक्राउ परेका हुन ।
२०७८ साल असार ३१ गते अदालतले दोषी ठहर गरेका बिश्वकर्मालाई बैशाख ४ गते पक्राउ गरि अदालतमा ५ गते हाजिर गराइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । अदालतले फैसला कार्यान्वयनका लागि बिश्वकर्मालाई सोही दिन कारागार चलान गरेको छ ।
उनलाई ५ बर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएको प्रहरीले जनाएको छ ।