२०८३ बैशाख ५ गते , शनिबार

आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

sajilo news
परिवेश मिडिया
२०८० बैशाख ६ गते , बुधबार
आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

बिर्तामोड । सरकारले आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाउने भएको छ । ६ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन क्याप्सुल तथा एक बर्षदेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आफ्ना बालबालिकाहरूलाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत् भिटामिन र  जुकाको औषधि खुवाउन मन्त्रालयको आग्रह छ ।

सरकारले हरेक वर्ष बैशाख र कात्तिक महिनामा बालबालिकाहरूलाई भिटामिन र जुकाको औषधि खुवाउने कार्यक्रम संचालन गर्दै आएको छ ।

 

 

 

 

सम्बन्धित समाचार