मिलनसारले मनायो १४औँ स्थापना दिवस
बिर्तामोड । झापाको बिर्तामोडस्थित मिलनसार बचत ऋण सहकारी संस्थाले १४औँ स्थापना दिवस मनाएको छ । बुधबार बिर्तामोडमा आयोजित एक कार्यक्रमका बिच साकोसले स्थापना दिवस मनाएको हो ।
साकोसले स्थापना दिवसको अवसरमा शेयर सदस्यहरुलाई सहकारी शिक्षा सम्बन्धी कक्षासमेत संचालन गरेको थियो । नेफ्स्कुनका कार्यक्रम अधिकृत रामकृष्ण भट्टराईले सहकारी शिक्षा सम्बन्धि सहजीकरण गरेका थिए । आर्थिक समृद्धिका लागि कमाइबाट बचत गरेर बाँचेको रकममात्र खर्च गर्नु पर्ने उनले बताए । उनले अहिले सहकारीमा सदस्यको भुमिका महत्त्वपूर्ण हुनेमा जोड दिए ।
उक्त अवसरमा साकोसले बिर्तामोडको भद्रपुर रोडको मध्य भागमा रोपिएको बिरुवाका लागि एक प्लट बराबर १७ हजार एक सय रुपैयाँ बिर्तामोड नगरपालिकालाई सहयोग गरेको छ ।
अध्यक्ष लक्ष्मीप्रसाद बास्कोटाको अध्यक्षतामा भएको कार्यक्रम सचिव दिनोज बजगाईँले संचालन गरेका थिए ।