२०८३ बैशाख ६ गते , आईतबार

बिर्तामोड ७ को खेलकुद समितिमा संग्रौला

sajilo news
परिवेश मिडिया
२०७९ चैत्र ९ गते , विहीबार
बिर्तामोड ७ को खेलकुद समितिमा संग्रौला

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ७ मा खेलकुद समिति गठन भएको छ । नरेश संग्रौलाको अध्यक्षतामा ११ सदस्यीय खेलकुद समिति गठन भएको हो ।
 उपाध्यक्षमा दिपक कार्की, सचिवमा बबिता श्रेष्ठ चयन भएका छन् भने सदस्यमा बिशाल लिम्बु, सरोज बराल, सन्दिप टुडु, इसाद महमद, गंगा संग्रौला, सुदिस मगर, टिका सुब्बा र बिजय रसाइली चयन भएको नगर सदस्य रिन्टु हस्दाले जानकारी दिए ।
नगर खेलकुद बिकास समितिका उपाध्यक्ष आइतमाया लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष अविरल कृष्ण खरेलको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा खेलकुदको माध्यमबाट युवाहरुलाई कृयाशिल गराउँदै समाज रुपान्तरण तथा खेल क्षत्रमा उक्त वडामा मात्र नभएर सिङ्गो नगरमा खेलाडी उत्पादन तथा खेल बिकासका निम्ति लागि परे एकदिन खेलकुद क्षेत्रमा नयाँ इतिहास रच्न समय नलाग्ने वडाध्यक्ष खरेलले बताए ।
उनले त्यस कारण पनि बिषयमा गम्भिर भएर लाग्न खेलाडी तथा खेलप्रेमी सवैलाई  वडाध्यक्ष खरेलले आग्रह गरेका छन्  ।  नगर सदस्य सुदिप खवासले स्वागत गरेको कार्यक्रमको सञ्चालन नगर समितिका सचिव बिसन लिम्बुले गरेका थिए।

सम्बन्धित समाचार