२०८३ बैशाख ५ गते , शनिबार

चुनाव जित्ने दौडमा अखिलको स्वतन्त्र संयुक्त प्यानल

sajilo news
परिवेश मिडिया
२०७९ चैत्र ३ गते , शुक्रबार
चुनाव जित्ने दौडमा अखिलको स्वतन्त्र संयुक्त प्यानल

भद्रपुर लामो समयदेखि हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनले यतिबेला अधिकांश कलेज तताएको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आंगिक क्याम्पस मेची बहुमुखी क्याम्पसमा पनि स्ववियु चुनाव वर्षपछि यही चैत गते आइतबार हुँदैछ

लामो समयसम्म स्ववियु चुनाव हुन नसक्दा त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरूमा शैक्षिक लगायतका विद्यार्थी हकहितका गतिविधि चलायमान हुन सकेका थिएनन् उच्च शिक्षा अध्ययनरत समग्र विद्यार्थीका हकहितका मुद्दा उठाउने स्ववियु नै नहुँदा विद्यार्थीहरू आफ्नो अधिकारबाट वञ्चित भएका छन्

झापा जिल्लामा त्रिभुवन विश्वविद्यालयको पहिलो आंगिक क्याम्पस मेची बहुमुखी क्याम्पसमा यस पटकको स्ववियु निर्वाचनमा विद्यार्थीको हकहितका लागि निष्पक्ष समतामूलक ढंगले काम गर्ने उद्देश्यका साथ विशाल गिरीको नेतृत्वमा अखिलको स्वतन्त्र संयुक्त प्यानल चुनावी मैदानमा उत्रिएको

मेची बहुमुखी क्याम्पसका २०२२ सालदेखि हालसम्म स्ववियु निर्वाचनमा १५ पटक बामपन्थी दल समर्थित अनेरास्ववियु पटक नेपाली कांग्रेस समर्थित नेविसंघ निर्वाचित भएको इतिहास अहिले भने पहिलो पटक सबै आस्थावादी विद्यार्थीहरूको हकहितमा समान रूपमा समर्पित रहने गरि स्वतन्त्र रूपमा प्यानल खडा भएको हो शिक्षालयलाई राजनीतिक अखडा नबनाएर अध्ययनरत विद्यार्थीको पठनपाठनको प्राथमिक अधिकारलाई सुरक्षित गर्दै शैक्षिक उन्नयन उज्जवल भविष्यमुखी वातावरणको निर्माणमा प्राध्यापक विद्यार्थीसमान रूपमा जिम्मेवार हुनु पर्छ भन्ने मत सो स्वतन्त्र प्यानलको रहेको

समग्रमा, मेची क्याम्पसमा शैक्षिक सुशासन विद्यार्थी वर्गमा अनुशासन कायम गर्न हरसम्भव अग्रसर हुने अध्यक्षका प्रत्याशी विशाल गिरीले बताएका छन् उच्च शिक्षा लिन क्याम्पसमा आएका सबैले त्रिविको तालिका अनुसार निर्वाध रूपमा पढ्नलेख्न पाउनुपर्छ, ताकि यो वा त्यो बहानामा कसैको समय बर्बाद नहोस् यथासमयमा विद्यार्थीहरूले भविष्यमा उपलब्धिपूर्ण यात्रा सफलतापूर्वक तय गर्न सकुन् भन्ने ध्येय रहेको ,’ उनले भने

स्वतन्त्र विद्यार्थी युनियन विशुद्ध रूपमा विद्यार्थीहरूकै हकहित उपयुक्त शैक्षिक वातावरण निर्माण गर्न स्थापना भएको साझा संस्था भएकोले सोही अभियानलाई बल पु¥याउन स्वतन्त्र प्यानल बनाएर चुनावमा होमिएको उनको भनाइ

 

 

सम्बन्धित समाचार