नेपाल विश्वकपका लागि छनौट
काठमाण्डौ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा यूएईलाई हराएसँगै नेपाल विश्वकप छनोटमा पुगेको छ । डकवर्थ लुइस (डिएलएस) पद्धतिमा नेपालले युएईविरुद्ध ९ रनको जित हात पारेको हो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेटको क्षतिमा ३१० रन बनाएको थियो । नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २६९ रन बनाएको स्थितिमा खेल डीएलएसमा पुगेको थियो ।
यसरी जित्न सफल भयो नेपाल
त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ३११ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा २६९ रन बनाउँदा नेपालले ९ रनले जित्न सफल भयो ।
बलिङको क्रममा डीएलएसमा अघि रहेको अवस्थामा यूएईले ४० ओभर पछि बलिङको रफ्तार सुस्त बनायो । उक्त स्लोओभरले गर्दा नेपाललाई जित निकाल्न सहयोगी बन्यो ।
नेपालका लागि यूएईले गरेको स्लोओभरमा नेपालका लागि ४२ औं ओभरमा गुलशन झाले २० रन बनाए । त्यसपछि नेपाल डीएलएस पद्धतिमा अघि रह्यो ।
त्रिवि क्रिकेट मैदानमा उज्यालो कम हुँदा एम्पाएरले खेल रद्द भएको र नेपालले जित निकालेको बताए । यूएईले गरेको स्लोओभरमा नेपालले बनाएका रनहरुमा ४१ औं ओभरमा ६, ४२ औं ओभरमा २०, ४३ औं ओभरमा ६, ४४ औं ओभरमा ८ रन बनायो । समग्रमा नेपालले चार ओभरमा ४० रन बनायो । जीतसँगै टीयू क्रिकेट मैदानमा खेलाडी र समर्थकले खुसियाली मनाएका थिए ।