२०८३ बैशाख ६ गते , आईतबार

अमेरिका जाँदै दुई झापाली शिक्षक

sajilo news
परिवेश मिडिया
२०७९ फाल्गुन २९ गते , सोमबार
अमेरिका जाँदै दुई झापाली शिक्षक

बिर्तामोड । अमेरिकामा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय अंग्रेजी भाषा सम्मेलनमा झापाली दुई शिक्षक सहभागी हुने भएका छन्। अमेरिकाको ओरीगन राज्य को पोर्टल्याण्ड शहरमा आगामी मार्च २१ देखि २४ तारिख सम्म संचालन हुने  टिसोल कन्भेन्सनमा झापा बिर्तामोडका धर्मेन्द्र भट्टराई र जेनी राई सहभागी हुने भएका हुन्। टिसोल (टिचिङ इंग्लिस टु स्पिकर अफ ओदर ल्याङ्ग्वेज)  एक बिश्वस्तरको अंग्रेजी भाषा शिक्षकहरूको संगठन हो।  यसको मुख्य कार्यालय अमेरिकामा रहेको छ।   बिश्वभरका अंग्रेजी भाषाविद , प्रशिक्षक, शिक्षक र  शैक्षिक सामग्री उत्पादक कम्पनीको सहभागिता रहने उक्त सम्मेलनमा ३५ सय बढीको  प्रतिनिधित्व हुने आयोजकले जनाएको छ।  विश्वका १८४ मुलुक सदस्य रहेको टिसोलमा नेपाल समेत सदस्य राष्ट्र हो।
यता झापा जिल्लाबाट पहिलो पटक उक्त सम्मेलनमा सहभागी हुने अवसर प्राप्त गरेको नेल्टा झापाका अध्यक्ष धर्मेन्द्र भट्टराईले बताए। उनले अंग्रेजी शिक्षकले पाउने अति नै महत्वपूर्ण अवसर भएको बताए ।  नेल्टा  झापा जिल्लामा शैक्षिक गतिबिधिहरु संचालन गर्दै आएको एक सशक्त स्वयमसेवी संस्था हो। गुणस्तरीय शिक्षक मार्फत गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको यस संस्थाले छोटो समयमै  उचाई प्राप्त गर्न सफल भएको छ। यसै वर्ष नेपालका ५८ शाखालाई उछिन्दै उत्कृष्ट शाखा  घोषणा गरिएको थियो । यससँगै नगद २ लाखको अवार्ड प्राप्त गरेको थियो।
अमेरिकी सरकारको सहयोगमा  नेपाली प्रतिनिधिमण्डलको रुपमा उक्त सम्मेलनमा सहभागी हुन लागेको भट्टराईले जानकारी दिए । भट्टराई नेल्टाका केन्द्रीय सदस्य तथा झापा जिल्ला अध्यक्ष र दुर्गा माध्यमिक विद्यालय गरामनीका शिक्षक हुन । भट्टराई यस अघि सन २०१९ मा दुबइ  मा भएको ग्लोबल टिचर्स अवार्ड सम्मेलन, सन २०२० मा श्रीलंकामा भएको स्लेलटेक सम्मेलन र सन २०२२ मा भारतको बैंगलोर मा सम्पन्न एशियन एजुकेशन शिखर सम्मेलनमा नेपालको प्रतिनिधित्व गरिसकेका छन् । अर्का सहभागी जेनी राई नेल्टा झापाकि जिल्ला समिति सदस्य तथा पूर्व एक्सेस  शिक्षक र बिर्तामोडस्थित न्युटन एजुकेशन एकाडेमी कि अंग्रेजी शिक्षक हुन।

सम्बन्धित समाचार