२०८३ आश्विन १६ गते , शुक्रबार

अवलोकनकर्ताको आकर्षण बढेसँगै महोत्सव अवधि थपियो

प्रवेश शुल्क २ सय रुपैँया लिइने

sajilo news
परिवेश मिडिया
२०७९ फाल्गुन १५ गते , सोमबार
अवलोकनकर्ताको आकर्षण बढेसँगै महोत्सव अवधि थपियो

बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालित अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवको सयम अवधि तीन दिन थप गरिएको छ । उपभोक्ता र अबलोकन कर्ताको आग्रहलाई मध्यनजर गर्दै महोत्सव आयोजक समितिले मेलाको समय अवधि तीन दिन थप गर्ने निर्णण गरेको महोत्सव मूल आयोजक समिति संयोजक राजु न्यौपानेले जानकारी दिए ।

गत फागुन ५ गतेदेखि सञ्चालित महोत्सव अब फागुन १८ गतेसम्म सञ्चालन हुने छ । महोत्सवमा सुप्रशिद्ध राष्ट्रिय कलाकारहरु दिपक बज्राचार्य, प्रमोद खरेल, गिरिस खतिवडा, रचना रिमाल र जी– बबको साङ्गितिक प्रस्तुति रहने महोत्सव समितिका सचिव कुशल खतिवडाले जानकारी दिए ।

आयोजक समितिका अनुसार फागुन १६ गते जी–बव र रचना रिमाल, १७ गते दिपक बज्रचार्य तथा १८ गते प्रमोद खरेल र गिरिस खतिवडाको प्रस्तुति रहने छ ।

थप गरिएको अवधिमा सुप्रसिद्ध कलाकारहरु आउने भएपछि आयोजकले प्रवेश शुल्कसमेत बढाएर २ सय रुपैँया बनाइएको उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले जानकारी दिए ।  

सम्बन्धित समाचार