२०८३ बैशाख ५ गते , शनिबार

भारतले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठायो

sajilo news
परिवेश मिडिया
२०७९ फाल्गुन ५ गते , शुक्रबार
भारतले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठायो

काठमाण्डौ । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको घटेको मूल्यसूची पठाएको छ ।

आईओसीले फेब्रुअरी १६ मा पठाएको नयाँ मूल्य सूचीअनुसार डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य घटेर आएको हो ।

नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर एक रुपियाँ ९७ पैसा, डिजेलमा प्रतिलिटर छ रुपियाँ ४० पैसा र हवाई इन्धनमा प्रतिलिटर तीन रूपियाँ ८८ पैसा मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । 

यसअघि माघ २३ गते मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटरमा तीन(तीन रुपियाँ मूल्य बढाएको थियो ।

भारतबाट इन्धनको मूल्य घटेर आए पनि निगम स्थानीय बजारमा भने मूल्य यथावत् राख्ने भएको छ। हाल नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७८ र डिजेलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ कायम छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय माग र उत्पादन कटौतीले पेट्रोलियम पदार्थको मूल्य घटबढ भइरहेको छ ।

सम्बन्धित समाचार