२०८३ बैशाख ५ गते , शनिबार

बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सव आजदेखि शुरु

उद्घाटन सभामुख घिमिरेले गर्ने

sajilo news
परिवेश मिडिया
२०७९ फाल्गुन ५ गते , शुक्रबार
बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सव आजदेखि शुरु

बिर्तामोड बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आगामी फागुन १५ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन आज  प्रतिनिधीसभाका सभामुख देवराज घिमिरेले गर्ने महोत्सव मूल आयोजक समितिले जनाएको

बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सव मूल आयोजक समिति संयोजक राजु न्यौपानेले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको बताए महोत्सव बिर्तामोड नगरपालिका रामचोकस्थित पूर्वपश्चिम राजर्मागको उत्तरमा सञ्चालन हुँदैछ

सभामुख घिमिरेसँगै उपसभामुख इन्दिरा राना मगर, झापा क्षेत्र नम्वर का सांसद्, जिल्ला स्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिस्थानीय तहका जनप्रतिनिधि, व्यवसायी तथा स्थानीयको उपस्थितिमा महोत्सव उद्घाटन  हुने बताइएको

प्रदेश कृषि , पर्यटन एवम् औद्योगिक दृष्टिकोणले समेत  सुगम स्थल रहेको यहाँको उत्पादनलाई भारत लगायतका विभिन्न मुलुकमा निर्यातका लागि पहिचान गराउने  उद्देश्यले महोत्सवमा प्रर्दशनी गरिने बताइएको

महोत्सवमा २०० सय वटा स्टल रहने छन् महोत्सवमा अन्तराष्ट्रिय औद्योगिक उपकरण, कृषि तथा जडिबुटी, पर्यटन, दैनिक उपभोग्य वस्तुहरु, हस्तकला तथा तयारी पोशाक, प्रर्दशनमा रहने बताइएको महोत्सवमा बंगलादेश, पाकिस्तान भारतका व्यवसायीहरुको समेत सहभागीता रहने बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष  प्रकाश शिवाकोटीले बताए महोत्सवलाई सभ्य भब्य बनाउन सबै तयारी पूरा भई सकेको अध्यक्ष शिवाकोटीले बताए

महोत्सवले कृषि पर्यटनका साथै औद्योगिक क्षेत्रमा आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुग्ने झण्डै ४५ करोड रुपैयाँ बरावरको आर्थिक कारोवहर हुने अपेक्षा गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक  न्यौपानेले बताए उनले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको निजी क्षेत्रले आर्थिक क्षेत्रलाई चलायमान बनाउन अहम भूमिका निर्वाह गर्ने बताए

महोत्सवलाई मुलत चार भागमा विभाजन गरिएको रहेक दिन मनोरञ्जनका लागि साङ्गितिक संस्कृतिक कार्यक्रम समेत गरिने संयोजक न्यौपानेको भनाईछ पूर्वमा सञ्चालित ठूला तथा मझौला उद्योगले समेत यो क्षेत्रको आर्थिक गतिविधिलाई चलायमान बनाउन मद्दत पुग्ने विश्वास गरिएको  

सम्बन्धित समाचार