२०८३ आश्विन १७ गते , शनिबार

नगर स्तरीय राष्ट्रपति रनिङ शिल्डमा धुलाबारी माविले जित्यो ३२ स्वर्ण

sajilo news
परिवेश मिडिया
२०७९ फाल्गुन ४ गते , विहीबार
नगर स्तरीय राष्ट्रपति रनिङ शिल्डमा धुलाबारी माविले जित्यो ३२ स्वर्ण

मेचीनगर । मेचीनगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा धुलाबारी माविले लगातार तेस्रोपटक उपाधी रक्षा गरेको छ ।

दुईपटक नगरमा अग्रता कायम गरेको धुलाबारी माविले ३२ स्वर्ण  र ६ काँस्य पदक जितेर तेस्रोपटक उपाधी रक्षा गरेको हो ।

प्रतियोगितामा आदर्श विद्या मन्दिर मेचीनगर–९ ले ६ स्वर्ण , ७ रजत र ६ कास्यसहित दोस्रो तथा बालसुबोधिनी मावि मेचीनगर–१४ ले ३ स्वर्ण, ५ रजत र ४ काँस्यसहित तेस्रो भएको छ ।

धुलाबारी माविले भलिबल , कवर्डी, दौड र एथलेटिक्सका अधिकांश विधामा जीत हासिल गरेको विद्यालयका सूचना अधिकारी दिपेन्द्र कन्दङ्वाले बताए ।

धुलाबारी माविको खेल मैदानमा सोमबार सुरु भएको प्रतियोगिता बुधबार सम्पन्न भएको हो । प्रतियोगिता समापनमा मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मिना उप्रेती, धुलाबारी माविका प्रधानाध्यापक महेन्द्रविलाश लुइँटेल, सहायक प्रधानाध्यापक तेजप्रसाद चौँलागाईं लगायतले विजेता, उपविजेता खेलाडीलाई पुरस्कर वितरण गरेको शिक्षक रमेश दाहालले बताए ।

प्रतियोगितामा नगर भित्रका सामुदायिक र निजी गरी ४२ वटा विद्यालय सहभागी थिए ।

सम्बन्धित समाचार