२०८३ बैशाख ६ गते , आईतबार

विवाह गरेको तीन महिनामै श्रीमतीको हत्या

sajilo news
परिवेश मिडिया
२०७९ फाल्गुन ३ गते , बुधबार
विवाह गरेको तीन महिनामै श्रीमतीको हत्या

दैलेख दैलेखमा विवाह गरेको तीन महिनामै श्रीमानले श्रीमतीको हत्या गरेका छन

गुराँस गाउँपालिका माथिल्लो गर्चाका २८ वर्षीय कृष्णबहादुर खड्काले २७ बर्षीया श्रीमती पार्वती बिसीलाई सोमबार राति हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको उनीहरूले मङ्सिर महिनामा विवाह गरेका थिए

खड्काले काठको गरालोले हान्दा श्रीमतीको मृत्यु भएको हो श्रीमान् श्रीमतीबिच सामान्य विवाद हुँदा श्रीमानले काठको गरालोले हान्दा श्रीमतीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको

श्रीमान् कृष्णलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी किशोर लम्सालले जानकारी दिए

सम्बन्धित समाचार