२०८३ बैशाख ६ गते , आईतबार

मनमोहन अस्पताल बिर्तामोडमा निशुल्क डायलाइसिस सेवा शुरु

sajilo news
परिवेश मिडिया
२०७९ फाल्गुन १ गते , सोमबार
मनमोहन अस्पताल बिर्तामोडमा निशुल्क डायलाइसिस सेवा शुरु

बिर्तामोड झापाको बिर्तामोडस्थित मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पतालले निशुल्क डायलाइसिस सेवा शुरु गरेको आइतबारबाट अस्पतालले डायलाइसिस सेवा निशुल्क शुरु गरेको हो

रोटरी क्लब अफ बिर्तामोड मिड टाउनसँगको सहकार्यमा डायलाइसिस सेवा शुरु गरेको अस्पतालले सरकारको सिफारिस लिएर आउने बिरामीहरुलाई डायलाइसिस निशुल्क गर्न शुरु गरेको अस्पतालका प्रशासक कोमल राईले जानकारी दिए उपचारका लागि जना बिरामीको सिफारिस आइसकेको उनले बताए

आइतबार माइ नगरपालिका११, इलामका भिमराज पाण्डे, बिर्तामोड, झापाकी रुपा न्यौपाने रोङ गाउँपालिका, इलामकी अमृता राईले निशुल्क सेवा लिएको अस्पतालका कर्मचारी गुरुप्रसाद निरौलाले जानकारी दिए यस अघि अस्पतालमा १० जना बिरामीले सशुल्क उपचार गराइरहेकोमा जनाले निशुल्क सेवाका लागि सिफारिस ल्याएको अन्य अस्पतालबाट जना रेफर भएर आएका गरि १२ जना बिरामीले डायलाइसिस गराइरहेको उनले बताए

अस्पतालमा डायलाइसिसका लागि सात बेड रहेकोमा एक बेड इमर्जेन्सी एक संक्रमित बिरामीका लागि छुट्याउनु पर्ने अन्य पाँच बेड निशुल्क सेवा लिने बिरामीका लागि प्रयोग गर्न सकिने प्रशासक राईले जानकारी दिए बिरामीले डायलाइसिस शुल्क तिर्नु नपरेपनि नियमित खाने औषधी डायलाइसिसको समयमा कुनै औषधी आवश्यक भए आफैँले खरिद गर्नुपर्ने स्वास्थ्यकर्मी मेनुका मेचेले जानकारी दिइन् उनका अनुसार दैनिक १५ जना बिरामीको निशुल्क डायलाइसिस गर्न सकिन्छ     

सम्बन्धित समाचार