२०८३ बैशाख ६ गते , आईतबार

दमकका दिनेश खतिवडा बैङ्किङ कसुरमा काठमाण्डौबाट पक्राउ

sajilo news
परिवेश मिडिया
२०७९ माघ २६ गते , विहीबार
दमकका दिनेश खतिवडा बैङ्किङ कसुरमा काठमाण्डौबाट पक्राउ

बिर्तामोड । बैङ्किङ कसुरमा अदालतबाट जरिवाना र कैद सजाय तोकिएका फरार अभियुक्त दमकका दिनेश खतिवडालाई प्रहरीले आज काडमाण्डौमा पक्राउ गरेको छ । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान महाशाखाले जनाए अनुसार खतिवडालाई शंखमुलबाट पक्राउ गरिएको हो ।

झापा जिल्ला दमक नगरपालिका वडा ३ स्थायी ठेगाना भएका खतिवडा हाल काठमाण्डौ जिल्ला भिसेन गोलमा बस्दै आएको प्रहरीले जनाएको छ । ४३ वर्षीय खतिवडालाई बैङ्किङ कसुरको मुद्दामा उच्च अदालत पाटन ललितपुरद्वारा २०७९ मंसिर २३ गते भएको फैसलामा ८ लाख रुपया जरिवाना र ३ दिन कैद तोकिएको छ ।

फैसला लगत्तै फरार रहेका खतिवडालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान महाशाखाको प्रहरी टोलीले शंखमुलमा पक्राउ गरी अदालतमा उपस्थित गराएको जनाएको छ ।

सम्बन्धित समाचार