२०८३ बैशाख ६ गते , आईतबार

मनकामना कलेजको २४औँ बार्षिकोत्सव सम्पन्न

sajilo news
परिवेश मिडिया
२०७९ माघ २४ गते , मंगलबार
मनकामना कलेजको २४औँ बार्षिकोत्सव सम्पन्न

बिर्तामोड झापाको बिर्तामोडस्थित मनकामना कलेजले आफ्नो २४औँ बार्षिकोत्सव सम्पन्न गरेको कौटिल्य एजुकेशन फाउण्डेसन प्रा.लि. अन्तर्गत सञ्चालित कलेजले मंगलबार विविध कार्यक्रम गरी बार्षिकोत्सव सम्पन्न गरेको हो

कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्व विद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका सहनियन्त्रक डिल्ली प्रसाईँले कलेजलाई गुणस्तरीयता कायम गर्न क्युएए सर्टिफाइड हुन सुझावसहित कलेजको उत्तरोत्तर प्रगतिको कामना गरे

कार्यक्रममा १० बर्षभन्दा बढी सेवा गर्ने महिलासहित ११ जना प्राध्यापकलाई सम्मान गरिएको कलेजका कर्मचारी मिलन कोइरालाले जानकारी दिए कक्षा १२ मा सर्वोत्कृष्ट अंक ल्याउने स्नातक तहका विभिन्न बर्षमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई नगद पुरस्कारसहित सम्मान गरिएको उनले बताए

कार्यक्रममा स्नातक तहमा नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको थियो विद्यार्थीहरुले गायन, नृत्य, कविता, नाटक, दोहोरीलगायत प्रस्तुती दिएका थिए

प्रा.लि.का अध्यक्ष कुमार बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डीएसपी रुगमबहादुर कुँवर विशिष्ट अतिथि थिए

प्राध्यापक विजय तिम्सिनाले सञ्चालन गरेको कार्यक्रममा सहभागीहरुलाई क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराईले स्वागत गरेका थिए    

सम्बन्धित समाचार