२०८३ बैशाख ५ गते , शनिबार

स्वास्थ्य बीमा बोर्डका अध्यक्षले दिए राजिनामा

sajilo news
परिवेश मिडिया
२०७९ माघ २४ गते , मंगलबार
स्वास्थ्य बीमा बोर्डका अध्यक्षले दिए राजिनामा

काठमाण्डौ स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीले पदबाट राजीनामा दिएका छन्

उनले मंगलबार स्वास्थ्य मन्त्रालयमा पुगेर स्वास्थ्यमन्त्री पदम गिरी समक्ष राजीनामा बुझाएका हुन् डा. उप्रेतीले राजीनामा बुझाएको स्वीकार गरे राजीनामाका विषयमा उनीसँग जिज्ञासा राख्दा उनले परिस्थितिको उपज भएको प्रतिक्रिया दिए

पूर्व स्वास्थ्य सचिव समेत रहेका उप्रेतीलाई सरकारले २०७७ साउन २० गते स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो

मैले राजीनामा दिनुमा केही कारण छन् वोर्ड व्यवस्थापन गम्भीर नहुनु स्वास्थ्य बीमाले गति पनि लिन सकेन, व्यवस्थापन स्वस्थ्य पनि भएन कतिपय कानुनी बाधाका कारण काम गर्न सकिएन

यसमा कानुनी देखि राजनैतिक कारण होलान् बीमा प्रभावकारी ढंगले अघि बढ्न नसक्नुमा, यस्तो थाहा हुँदा हुँदै त्यहाँ बसिरहनु उपयुक्त नलागेकाले राजीनामा दिएँ,’डा. उप्रेतीले भने

सहज गुणस्तरीय सेवा दिन नसक्दा पाँच वर्षभित्र तीन करोड नागरिकलाई समेट्ने महत्वाकांक्षी लक्ष्यसहित सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारिता माथि नै प्रश्न उब्जिएको

विसं २०७२ साल देखि सुृरु भएको स्वास्थ्य बीमा कार्यक्रम ७७ वटै जिल्लामा पुगे पनि झन् झन् सेवा फितलो भएका कारण असफलताको बाटोमा जाँदै

सम्बन्धित समाचार