२०८३ बैशाख ५ गते , शनिबार
नागरिक स्वास्थ्य सहकारी संस्थाको अध्यक्षमा युवराज दाहाल
बिर्तामोड । झापाको बिर्तामोडस्थित नागरिक स्वास्थ्य सहकारी संस्थाको अध्यक्षमा युवराज दाहाल चयन भएका छन् । दाहाल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
संस्थाको उपाध्यक्षमा प्रमोदकुमार साह, सचिव रविन्द्र भट्टराई, कोषाध्यक्ष जिवनकुमार खड्का र सदस्यहरु शर्मिला शाक्य, त्रिलोचन सापकोटा, राजेश दाहाल, कृष्णप्रसाद बजगाई, राजकुमार घिमिरे, चित्रबहादुर पोखरेल र आनन्द गुरुङ चयन भएका छन् ।
त्यस्तै लेखा सुपरिवेक्षण समिति संयोजकमा नरेन्द्रप्रसाद गुरागाई र सदस्यहरुमा खेमराज बस्नेत र लक्ष्मीप्रसाद चयन भएका छन् ।
नागरिक स्वास्थ्य सहकारी संस्थाले बिर्तामोड नगरपालिका–४ मा अस्पताल निर्माण गरिरहेको छ । गुणस्तरीय स्वास्थ्य सेवालाई सबै नागरिकको पहुँचमा पुर्याउन अस्पताल निर्माण शुरु गरिएको कार्यकारी प्रमुख कृष्ण पौडेलले जानकारी दिए ।