२०८३ बैशाख ५ गते , शनिबार

व्यवसायीलाई नकस्न गभर्नरको बैंकलाई आग्रह

sajilo news
परिवेश मिडिया
२०७९ माघ १९ गते , विहीबार
व्यवसायीलाई नकस्न गभर्नरको बैंकलाई आग्रह

काठमाण्डौ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यवसायीहरुलाई नकस्न बैंकहरुसँग आग्रह गरेका छन् बुधबार आर्थिक मिडिया सञ्चालक संघ नेपालले काठमाडौंमा गरेको अर्थतन्त्रका चुनौती समाधानका उपाय विषय अन्तरक्रियामा बोल्दै गभर्नर अधिकारीले व्यवसायीहरुलाई परिरहेको अप्ठ्यारो बुझेर बैंकले व्यवसायीहरुलाई कस्ने नीति नलिन आग्रह गरेका हुन्

उनले व्यवसायीहरुका बैंकिङ समस्यालाईकन्जुमर प्रोटेक्सनका लागि विभिन्न सुनुवाइ गर्ने गरिएको बताए यस्तै कुनै पनि ग्राहकलाई बैंकले सही कुरा नबताएमा राष्ट्र बैंकलाई गुनासो गर्न पनि उनले आग्रह गरेका थिए

गभर्नर अधिकारीले राष्ट्र बैंकमा आएको गुनासोको उचित सम्बोधन गर्ने पनि बताए ग्राहकको सुरक्षाका लागि नै बैंकले गुनासो सुन्ने व्यवस्था गरेको पनि उनको भनाइ थियो अहिले अर्थतन्त्रमा बिस्तारै सुधार भइरहे पनि अर्थतन्त्र सबैतिर सहज हुन केही समय लाग्ने गभर्नर अधिकारीले बताए

गभर्नर अधिकारीले पछिल्लो समय बजारमा तरलतामा सहजता आउन लागेको भन्दै यसले बैंकको समस्या पनि बिस्तारै कम हुँदै जाने बताएका थिए तपाइँहरूले कस्ने बेला होइन यो, एक महिना जति हेर्दिनुहोस् , एउटा क्वार्टरमा ब्याज नतिर्दैमा तुरुन्तै अक्सन गर्नुपर्छ भन्ने छैन, हाम्रो नियमले पनि त्यो बताउँदैन अवस्था अनुसार रिकभरीका काम गर्नुस् भनेका छौं बैंकिङ सिस्टममा नर्मल्ली त्यो हुँदैन तर पनि अफ्ठ्यारो बेलामा त्यो गर्नुपर्छ त्योसँगै अहिले कन्जुमर प्रोटेक्सनको सन्दर्भमा हामीसँग डेडिकेटेड डिभिजन , त्यसले विभिन्न किसिमका समस्याहरु सुनुवाइ गर्छ, गभर्नर अधिकारीले भने

यस्तै उनले समग्र अर्थतन्त्रको सुधारका लागि संरचनागत सुधार गर्नुपर्ने पनि औंल्याएका थिए उपयोग तथा राजश्व बढी आयातमा निर्भर भएको भन्दै संरचनागत रुपमा यस्तो अवस्थालाई कम गर्दै जानुपर्ने उनको सुझाव थियो गभर्नर अधिकारीले मौद्रिक नीतिका सीमा आफ्नै भएको तर सीमाभन्दा बढी आशा गर्ने गरिएको पनि बताएका थिए

गभर्नर अधिकारीले यसअघि बैंकको चर्को व्याजविरुद्ध प्रदर्शनमा उत्रिएका व्यवसायीहरूलाई लक्षित गर्दै अराजकताको सीमा नाघेको भन्दै आक्रोश व्यक्त गरेका थिए उनले व्यवसायीको प्रदर्शनलाई अपराध भन्दै रोक्नुपर्ने बताएका थिए

सम्बन्धित समाचार