२०८३ बैशाख ५ गते , शनिबार

यूनियनको टेक्नो क्याम्प फायर सम्पन्न

sajilo news
परिवेश मिडिया
२०७९ माघ ७ गते , शनिबार
यूनियनको टेक्नो क्याम्प फायर सम्पन्न

इलाम । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले दुई दिने टेक्नो क्याम्प फायर कार्यक्रम सम्पन्न गरेको छ । अभिकर्ता प्रोत्साहन गर्ने उद्धेश्यले कम्पनीले शुक्रबार र शनिबार दुई दिने कार्यक्रम आयोजना गरेको हो ।
इलामको कुटिडाँडास्थित हिल उड रिसोर्टमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण, जोखिम मूल्यांकन विभागका प्रमुख राम श्रेष्ठ र प्रदेश १ का प्रमुख भुपराज पराजुलीले सहजीकरण गरेका थिए । बिमितलाई बीमा गराउँदा आवश्यकपर्ने कागजात, दाबी भुक्तानीका प्रकृया, अभिकर्ताको काम कर्तब्य, ब्यवसाय अभिवृद्धिका तरिका लगायत विभिन्न प्राविधिक बिषयमा कार्यक्रममा जानकारी गराइएको थियो ।
कार्यक्रममा गत साउन र भदौमा कम्पनीले ल्याएको स्किम जित्न सफल प्रदेश १ का करिब ६० जना अभिकर्ताको सहभागिता रहेको बिर्तामोड शाखा प्रमुख बद्री भण्डारीले जानकारी दिए ।
कार्यक्रम प्रदेश १ उप प्रमुख नवीन मिश्रले संचालन गरेका थिए ।
प्राइम लाइफ, गुँरास लाइफ र यूनियन लाइफ एक आपसमा गाभिएर चैत्र महिनादेखि एकीकृत कारोबार गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उनीहरुले हिमालयन लाइफ नयाँ नामसमेत जुराइसकेका छन भने अध्यक्ष यूनियन लाइफका सुलभ अग्रवाल र प्रमुख कार्यकारी अधिकृत कर्ण रहने टुङ्गो लगाइ सकेका छन । 

सम्बन्धित समाचार