२०८३ बैशाख ६ गते , आईतबार

खाना नपकाएको निहुँमा श्रीमतीको हत्या, श्रीमान पक्राउ

sajilo news
परिवेश मिडिया
२०७९ पौष २७ गते , बुधबार
खाना नपकाएको निहुँमा श्रीमतीको हत्या, श्रीमान पक्राउ

बिर्तामोड झापा अर्जुनधारामा घरधन्दा नगरेको खाना नपकाएको निहुँमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् अरुण गाउँपालिका घर भई अर्जुनधारा खरबानी चोक बस्ने विश्वराज घिसिङले कान्छी श्रीमती ३६ बर्षीया प्रमिला भुजेल घिसिङको हत्या गरेका हुन्

पुष २६ गते मंगलबार साँझ साढे सात बजे घर बनाउने मिस्त्रीको काम गर्ने विश्वराज घरमा उपचारका लागि पहाडबाट आमासमेत आएको भन्दै मासु लिएर घर जाँदा विहानदेखिको भाँडा नमाझेको, बेलुकाको खानापनि नपकाएको रक्सी खाएर मातेको भन्दै श्रीमतीलाई पेट छातीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु भएको प्रहरीले  जनाएको श्रीमतीको हत्या अभियोगमा प्रहरीले विश्वराजलाई पक्राउ गरी अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखेको इप्रका अनारमनीका प्रमुख डीएसपी रुगमबहादुर कुँवरले जानकारी दिए अभियुक्त घिसिङले अभियोग स्वीकार गरेको प्रहरीले जनाएको  

विश्वराजको पहाडमा जेठी श्रीमती बच्चासमेत रहेका छन् भने मृतक प्रमिलाको पनि पहिलाको श्रीमानको एक छोरा एक छोरी अहिलेको श्रीमानको तर्फबाट आठ बर्षीया छोरी रहेको प्रहरीले जनाएको

 

सम्बन्धित समाचार