हाम्रो नेपाल साकोसको १०औँ बार्षिक प्रतिवेदन सार्वजनिक
बिर्तामोड । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले १०औँ बार्षिक प्रतिवेदन सार्वजनिक सार्वजनिक गरेको छ । बार्षिक साधारणसभाको पूर्व सन्ध्यामा आइतबार पत्रकार सम्मेलनमार्फत साकोसले प्रतिवेदन सार्वजनिक गरेको हो ।
१० बर्ष अघि ३७ जना शेयर सदस्यहरुको १८ लाख ५० हजार शेयर पूँजीबाट शुरु भएको सहकारीमा गत आवको अन्त्यसम्ममा २४ हजार ९६३ जना सदस्य पुगेको संस्थाले जनाएको छ । हाल संस्थामा १७ करोड ९२ लाख २२ हजार शेयरपूँजी रहेको छ ।
इलाम, झापा र मोरङको ३० सेवा केन्द्रमा रहेको ३१४ जना कर्मचारीमार्फत संस्थाले सेवा प्रदान गरिरहेको संस्थाका अध्यक्ष भवानीप्रसाद (भानु) दंगालले जानकारी दिए । गत आवमा संस्थाको वासलात १ अर्ब ९२ करोड रहेको उनले जानकारी दिए । सो अवधिमा संस्थाले ४६ लाख दुई हजार खुद नाफा गरेको छ । संस्थाले १५ वटा सेवाकेन्द्र बिस्तार गरेको र कोरोनाका कारण खुद नाफामा गत आवमा कमि देखिएपनि आगामी आवमा मुनाफा बढिहुने अध्यक्ष दंगालले बिश्वास ब्यक्त गरे ।
हाम्रो नेपालले ५ हजार १७४ जना ऋणीहरुलाई १ अर्ब ७१ करोड ८८ लाख १३ हजार रुपैयाँ ऋण लगानी गरेको बार्षिक प्रतिवेदनमा उल्लेख छ । संस्थाको विभिन्न कोषमा १२ करोड रुपैयाँ रहेको छ ।
गत आवको असार मसान्त सम्ममा संस्थाले ७७ करोड ५ लाख तिर्नुपर्ने बाँकी रहेको छ ।
पुस २३ गते बिर्तामोडमा हुने माइन्युट प्रमाणिकरणका लागि सोमबारबाट इकाइ साधारणसभा गरिने उपाध्यक्ष पृथ्वी ओलीले जानकारी दिए । साकोसले ७ वटा इकाइ साधारणसभा गर्ने जनाएको छ । यो साधारणसभाबाट साकोसको नयाँ संचालक समितिसमेत निर्माण हुने बताइएको छ ।