२०८३ बैशाख ६ गते , आईतबार

कोशी अस्पतालको पाँच सय शैयाको भवन शिलन्यास

sajilo news
परिवेश मिडिया
२०७९ पौष १ गते , शुक्रबार
कोशी अस्पतालको पाँच सय शैयाको भवन शिलन्यास

विराटनगर पूर्वी नेपालको सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीमा बन्न लागेको पाँच सय शैय्याको आठ तले मेडिकल भवनको शिलान्यास भएको

करोड १७ लाख ६६ लाख २० हजार सय ८३ रूपमा लागतमा निर्माण हुन लागेको आठ तला भवनको शिलान्यास बिहीबार गरिएको हो उक्त भवनको शिलान्यास सहरी विकास मन्त्री मेटमणी चौधरी स्वास्थ्य तथा जनजसंख्या मन्त्री भवानीप्रसाद खापुङ्गले संयुक्त रूपमा गरे

शहरी विकास तथा भवन निर्माण विभागले मुल्य अभिवृद्धि कर बाहेक अर्ब १७ करोड ६९ लाख ९२ हजार रुपैयाँ १३ पैसाँमा कुल लागत अनुमागन गरेकोमा ठेकेदार कम्पनी केसी कन्ट्रक्सन काठमाण्डौंले लाख ७१ हजार ७१९ रूपैयाँ कम लागतमा अर्ब १७ करोड ६६ लाख २० हजार २८३ रुपैयाँमा ठेक्का लिएको हो

तीन वर्षमा काम सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीले काम सुरू गर्ने संघीय आयोजना कार्यान्वयन इकाइ विराटनगर मोरङका प्रमुख गणेशबहादुर महर्जनले जानकारी दिए समयमै गुणस्तरीय काम सक्ने गरी संकल्पको साथ काम गरिनुपर्नेमा उनले जोड दिए

कोशी अस्पतालको शिलान्यास भएको मेडिकल भवनको निर्माण पूरा भएर संचालनमा आएपछि कोशीको एक हजार शैय्याको हुनेछ अहिले कोशीमा साढे सय शैय्या संचालन रहेको यसअघि एक वर्ष अगाडि शिलान्यास भएर निर्माण सुरू भएको पाँच तले भवन निर्माणको काम रोकिएको ठेकेदार कम्पनी रमन भूमि, बि।आई। पि।एल। जेभी सम्र्पकबिहीन भएपछि चार महिनादेखि काम रोकिएको हो पाँच तलाको भवन ३३ करोड २२ लाख ४८ हजार सय ११ रुपैयाँ ३३ पैसामा ठेक्का लिएको थियो

उक्त जेभीले ठेक्का पाएपछि वि.सं. २०७८ असार २३ गते संघीय आयोजना कार्यान्वयन इकाईसँग सम्झौता गरेपछि २१ असोजमा तत्कालीन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई ल्याएर शिलान्यास गरिएको थियो

आठ तलाको बन्न लागेको कोशी अस्पताल भित्रको मेडिकल भवन पाँच सय शैय्याको हो दुई तलाको अन्डरग्राउण्ड पार्किङ्ग रहनेछ पहिलो अन्डरग्राउन्ड पार्किङमा ३४ वटा कार, ७७ वटा मोटरसाइकल मेडिकल स्टोर रहनेछन् त्यस्तै पहिलो अन्डरग्राउण्ड पार्किङ्गमा २५ कार ८५ वटा बाइकल मेडिकल कोठा हुनेछ

यस्तै ग्राउण्ड फ्लोरमा रजिष्टे«शन, रोडियोलोजी, ब्लड बैंक, ल्याब, फार्मेसी जनरल स्टोर रहनेछ पहिलो तलामा पीसिआई, एनआइसियू वार्ड बच्चाको वार्ड रहनेछ यो वार्ड ९१ शैय्याको रहनेछ

यस्तै दोस्रो तलामा ९१ शैय्याको अर्थोपेडिक वार्ड रहनेछ तेस्रो तलामा ९१ शैय्याको मेडिकल वार्ड रहनेछ यस्तै चौथो तलामा सय शैय्याको ट्रमा सर्जिकल वार्ड रहनेछ जसमा आँखा, नाक, कान, घाँटी, बन, डेन्टल जनरल सर्जरी वार्ड रहनेछ

यसैगरी पाँचौ तलामा सय शैय्याको ट्रमा सर्जिकल वार्ड रहेको जसमा एनआइसियू, सिटिभिएस, न्यूरो सर्जरीलगायतका वार्ड रहनेछन् यस्तै छैठौं तलामा ३० शैय्याको शल्यक्रिया वार्ड रहनेछ यहाँ वटा मेजर शल्यक्रिया हुनेछ भने अन्य सामान्य शल्यक्रिया पनि यही वार्डमा हुनेछ यो वार्डमा सिएसएसडी, पोस्टअप वार्ड पनि रहनेछ यसैगरी सातौं आठौं तलामा सेमिनार मिटिङ्ग हल रहनेछ आठ तलाको भवनमा वटा लिफ्ट रहनेछन् डाक्टर विरामीका लागि छुट्टाछुट्टै लिफ्ट रहनेछन्

सम्बन्धित समाचार