२०८३ आश्विन १७ गते , शनिबार

मोरक्को र फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

sajilo news
परिवेश मिडिया
२०७९ मंसीर २५ गते , आईतबार
मोरक्को र फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

बिर्तामोड । कतारमा जारी विश्वकप २०२२ मा शनिबार राति भएको खेलबाट मोरक्को र फ्रान्स सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको हो । मोरक्कोले पहिलो हाफमा गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो ।

क्वार्टरफाइनल खेलको ४२ औँ मिनेटमा युसेफ एन नेसरीले गोल गर्दै मोरक्कोकालाई अग्रता दिलाएका थिए । उनले हेडमार्फत गरेको प्रहार पोर्चुगलका गोलकिपरले बचाउन सकेनन् । योसँगै नेसरी विश्वकपमा मोरक्कोका लागि सर्वाधिक गोलकर्ता बनेका छन् । उनले हालसम्म प्रतियोगितामा ३ गोल गरेका छन् ।

त्यसपछि कुनै पनि टोलीले गोल गर्न सकेन र मोरक्को विश्वकपमा पहिलोपटक सेमिफाइनलको यात्रा तय गर्न सफल भयो । खेलको इन्जुरी समयमा वालदि चेडिराले रातोकार्ड खाएपछि मोरक्को १० खेलाडीमा सीमित बनेको थियो ।

त्यस्तै फ्रान्स र इङ्ग्ल्यान्ड बिच भएको अर्को खेलमा इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ । कतारको अल बायत रंगशालामा सम्पन्न क्वार्टरफाइनल खेलको १७ औं मिनेटमा फ्रान्सका लागि औरिलियनले गोल गर्दै खेलमा अग्रता लिएका थिए । यस्तै खेलको ५४ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै इङ्ल्याण्डलाई बराबरीमा फर्काए । तर, ७८ औं मिनेटमा फ्रान्सका ओलीभरले गोल गरेर टीमलाई २–१ को अवस्थामा पुर्याए । त्यसपछि इङ्ग्याल्यान्डले पेनाल्टीको अवसर पाएपनि ह्यारी केनले मिस गर्न पुगे ।

हारसँगै इङ्ग्ल्यान्ड क्वार्डरफाइनलबाटै घर फर्किन बाध्य भएको छ भने फ्रान्सले अब  सेमिफाइनलमा मोरोक्कोसँग प्रतिस्पर्धा गर्नेछ । 

 

सम्बन्धित समाचार