२०८३ आश्विन १६ गते , शुक्रबार

डा. कार्कीले बुझाइन् मेडिकल काउन्सिलमा राजिनामा

sajilo news
परिवेश मिडिया
२०७९ मंसीर १९ गते , सोमबार
डा. कार्कीले बुझाइन् मेडिकल काउन्सिलमा राजिनामा

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट डा. तोसिमा कार्कीले राजीनामा दिएकी छन् । प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएपछि डा. कार्कीले आइतबार काउन्सिलमा गएर राजिनामा बुझाएकी हुन् ।

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नं ३ बाट निर्वाचित भएकी हुन् ।

काउन्सिलको सदस्य पदबाट राजिनामा नदिई उम्मेदवार बनेको भन्दै उजुरी परेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो । तर, सर्वोच्च अदालतले आयोगको निर्णय उल्ट्याउँदै तोसिमाको उम्मेदवारी कायम रहने आदेश दिएको थियो ।

काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले डा. कार्कीले आइतबार काउन्सिलमा आएर राजिनामा बुझाएको पुष्टि गरे । हिजो (आइतबार) उहाँको राजिनामा पत्र आएको छ । हामीले सो पत्र स्वास्थ्य मन्त्रालयमा फरवार्ड गरेका छौं,’ उनले भने ।

सम्बन्धित समाचार