२०८३ आश्विन १७ गते , शनिबार

इङ्ल्यान्ड र फ्रान्स क्वाटरफाइनल प्रवेश

sajilo news
परिवेश मिडिया
२०७९ मंसीर १९ गते , सोमबार
इङ्ल्यान्ड र फ्रान्स क्वाटरफाइनल प्रवेश

बिर्तामोड । इङ्ल्यान्ड र फ्रान्स कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको छुट्टाछुट्टै खेलमा विजेता बन्दै इङ्ल्यान्ड र फ्रान्स अन्तिम आठमा पुगेको हो ।

अल बयात स्टेडियममा इङ्ल्यान्डलाई जित दिलाउन जोर्डन हेन्डरसन, ह्यारी केन र बुकायो साकाले एक एक गोल गरे । खेलको ३८ औँ मिनेटमा हेन्डरसनले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा केनले गोल गर्दै इङ्ल्यान्डलाई २–० को अग्रता दिलाए । खेलको ५७ औँ मिनेटमा साकाले गोल गर्दै इङ्ल्यान्डलाई ३–० को जित दिलाए ।  

आइतबार राति भएको अर्को खेलमा फ्रान्सले पोल्यान्डलाई ३–१ गोल अन्तरले हराउँदै अन्तिम आठमा स्थान पक्का गरेको हो ।

अल थुमाम स्टेडियममा फ्रान्सलाई जित दिलाउन केलियन एम्बाप्पेले दुई गोल गरे । त्यस्तै ओलिभरले एक गोल गरे । पोल्याण्डका लागि रोबर्टो लेवान्डोस्कीले एक गोल फर्काए ।  खेलको ४४ औं मिनेटमा ओलिभर जिरुले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका हुन् । जिरुको यो फ्रान्सका लागि कीर्तिमानी गोल हो ।

अबको क्वाटरफाइनल खेलमा इङ्ल्यान्ड र फ्रान्स भिड्ने छन् ।  

सम्बन्धित समाचार