२०८३ आश्विन १७ गते , शनिबार

स्पेनलाई पछि पार्दै जापान विश्वकपको अन्तिम १६ मा प्रवेश

sajilo news
परिवेश मिडिया
२०७९ मंसीर १६ गते , शुक्रबार
स्पेनलाई पछि पार्दै जापान विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौं । सनसनीपूर्ण खेलमा स्पेनमाथि २–१ गोलअन्तरको जित निकाल्दै एसियाली महारथी जापान समूह विजेताका रुपमा फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

स्पेनसँग पछि परेको स्थितिलाई उल्टाएर जित निकाल्दा जापान समूह ‘ई’ को विजेतासमेत बन्यो । समूहमा पूर्व विश्व च्याम्पियनहरु स्पेन र जर्मनी दुवैलाई हराएको जापानले कोष्टारिकासँग हार बेहोरेको थियो ।

६ अंकसहित समूह विजेता बनेको जापानले समूह ‘एफ’को उपविजेता क्रोएसियासँग क्वाटरफाइनल प्रवेशका लागि खेल्नेछ । उपविजेता स्पेनले भने सो समूहको विजेता मोरक्कोसँग खेल्नेछ ।

खालिफा अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलको ११औं मिनेटमै अल्भारो मोराटाले गरेको गोलबाट पछि परेको जापान पहिलो हाफमा पूर्णतया स्पेनको छायाँमै थियो ।

दोस्रो हाफमा स्पेनको टिकिटाकामाथि हावी देखिएको जापानले सुरुवाती ६ मिनेटमै २ गोल फर्काउन सक्यो । ४८औं मिनेटमा रित्सु डोआन र त्यसको तीन मिनेटपछि आओ तानाकाले गोल गरेपछि जापान खेलमा फर्कियो ।

सम्बन्धित समाचार