२०८३ आश्विन १७ गते , शनिबार

क्युरेक्सको 'भिटामिन सी' कमसल, विक्रीवितरणमा रोक

sajilo news
परिवेश मिडिया
२०७९ कार्तिक २९ गते , मंगलबार
क्युरेक्सको 'भिटामिन सी' कमसल, विक्रीवितरणमा रोक

काठमाण्डौ । काभ्रेको बनेपामा रहेको क्युरेक्स फार्मास्युटिक्ल्स कम्पनीले उत्पादन गरेको ‘भिटामिन सी’  औषधिको बिक्रीवितरण रोक्न औषधि व्यवस्था विभागले निर्देशन दिएको छ । विभागले बिक्रीवितरण रोकेर बजारबाट औषधि फिर्ता गर्न सूचना निकालेर निर्देशन दिएको हो ।

माइभिट–सी औषधिको नमुना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा  न्यून गुणस्तर रहेको पाइएको विभागले जनाएको छ । विभागले केही दिन अघि मात्रै बायोकल–डी र एसभीट औषधि बजारबाट फिर्ता गर्न निर्देशन दिएको थियो ।

विभागले फिर्ता गर्न भनेको औषधि बायोकल–'डी' रुपन्देहीको तिलोत्तमा र एसभीट काठमाण्डौको गठ्ठाघरमा उत्पादन हुने गरेको थियो ।

सम्बन्धित समाचार