२०८३ आश्विन १६ गते , शुक्रबार

नियमविपरित लिएको पैसा बैंकले फिर्ता गर्न थाले

sajilo news
परिवेश मिडिया
२०७९ कार्तिक २३ गते , बुधबार
नियमविपरित लिएको पैसा बैंकले फिर्ता गर्न थाले

काठमाण्डौ । नियमविपरीत प्रिमियम बढाएर ऋणीबाट असुलेको रकम नेपाल राष्ट्र बैंकले ऋणीलाई नै फिर्ता गर्न निर्देशन दिएपछि वाणिज्य बैंकहरूले फिर्ता गर्न सुरु गरेका छन् । राष्ट्र बैंकले ११ वाणिज्य बैंकलाई त्यसरी असुलेको एक अर्ब ८५ करोड रुपियाँ ऋणीलाई फिर्ता गर्न निर्देशन दिएको थियो ।

एकीकृत निर्देशनको ब्याजसम्बन्धी व्यवस्था मिचेर विभिन्न वाणिज्य बैंकले ब्याजमा प्रिमियम थप गरेको पाइएपछि त्यस्ता बैंकलाई थपिएको प्रिमियमबापतको रकम फिर्ता गर्न केन्द्रीय बैंकले निर्देशन दिएको हो । राष्ट्र बैंकका प्रवक्ता डा। गुणाकर भट्टका अनुसार हालसम्म ११ वाणिज्य बैंकलाई १ अर्ब ८५ करोड रुपियाँ फिर्ता गर्न निर्देशन दिइसकिएको छ ।

उनका अनुसार सम्बन्धित बैंकले रकम फिर्ताको प्रक्रिया सुरु गरिसकेका छन् । ‘हामीले निर्देशन दिएका सबै वाणिज्य बैंकहरूले रकम फिर्ता प्रक्रिया सुरु गरेको जानकारी गराएका छन्,’ उनले भने । नियमविपरीत ब्याजको प्रिमियम बढाएर लिएको रकम फिर्ता नगरे कारबाही गर्ने स्पष्ट निर्देशन दिएकाले पनि बैंकहरूले फिर्ता प्रक्रिया सुरु गरेका हुन् । प्रिमियमबापतको ब्याज फिर्ता गर्नुपर्ने बैंकहरूको नाम भने राष्ट्र बैंकले सार्वजनिक गरेको छैन ।

सम्बन्धित समाचार