२०८३ बैशाख ६ गते , आईतबार

चोरिएका सामानसहित चोरीमा संलग्न दुई जना पक्राउ

sajilo news
परिवेश मिडिया
२०७९ भाद्र २२ गते , बुधबार
चोरिएका सामानसहित चोरीमा संलग्न दुई जना पक्राउ

बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले चोरीमा संलग्न दुई जनालाई चोरिएका सामानसहित पक्राउ गरेको छ ।  भद्रपुर नगरपालिका-१० बस्ने २२ बर्षीय रितिक कुमार शर्मा र भद्रपुर नगरपालिका-७ बस्ने रोशन राजबंशीलाई चोरी आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई भदौ १ गते भद्रपुर-७ विषम टोलस्थित राजेन्द्र गिरीको घरमा चोरी गरेको आरोप छ । प्रहरीले उनीहरुको साथबाट रेडमी कम्पनीको मोबाइल १ थान, सुनको चुराको टुक्रा २ थान, सुनको चन्द्रमा र पंचरत्ने टुक्रा पारेको २/२ थान, सुनको ब्रासलेट १ थान, र रामलिला २ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पक्राउ परेकाहरुलाई १० लाख मूल्य बराबरको सामान चोरी गरेको आरोप छ । उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको झापा प्रहरी प्रवक्ता डीएसपी वसन्त पाठकले जानकारी दिए । 

सम्बन्धित समाचार