२०८३ बैशाख ६ गते , आईतबार
श्रोत नखुलेको रकम सहित २ जना पक्राउ
बिर्तामोड । झापाको मेचीनगर नगरपालिका-१५ बाट श्रोत नखुलेको रकम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिशेष सुचनाको आधारमा आइतबार बिहान ११ बजे इलाका प्रहरी कार्यालय धुलाबारी र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-१५ निलकोठी बस्ने ३० बर्षीया अप्सरा राजबंशीको घर खानतलासी गर्दा श्रोत नखुलेको नगद १० लाख ८२ हजार ५ सय नेपाली रुपैया र डिजिटल मिनि तराजु २ थान बरामद गरेको प्रहरीले जनाएको छ । श्रोत नखुलेको रकम र समान बरामद भए संगै राजबंशी र शंकास्पद अवस्थामा सोही घरमा रहेका स्थानिय ४३ बर्षीय मोहमद मोसाद आलम समेतलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।