२०८३ बैशाख ५ गते , शनिबार
बिर्तामोड बजार सातै दिन खुल्ला रहने
बिर्तामोड । सोमबार बन्द रहँदै आएको बिर्तामोड अब सातै दिन खुल्ने भएको छ । चाडबाड नजिकिएसँगै बजार सातै दिन खुल्ला रहने भएको हो ।
भदौ २६ गतेदेखि कार्तिक १४ गतेसम्म बजार सोमबार समेत खुल्ला रहने बिर्तामोड उद्योग वाणिज्य संघले जनाएको छ । संघले सुचना जारी गरि बजार खुल्ला रहने जनाएको हो । संघले जारी गरेको सुचनामा चाडबाड नजिकिएकाले सोमबारसमेत बजार खुल्ला गरि सर्वसुलभ दररेटमा ब्यापारब्यवसाय संचालन गर्न ब्यवसायीलाई अनुरोधसमेत गरिएको छ ।